धमाधम निर्माण हुँदै फिदिम २ का शाखा सडक

पाँचथर । फिदिम नगरपालिका २ मा शाखा सडकमार्ग निर्माण कार्यलाई तीव्रता दिइएको छ । शाखा सडक अन्तर्गत यज्ञ लुइँटेलको घर हुँदै परसाइला चोकसम्म ८ लाख बराबर लागतमा बाटो निर्माण भइरहेको नगरपालिका इञ्जिनियर महेन्द्र बाँस्कोटाले जानकारी दिए । उक्त सडक २ लाख ४० हजार उपभोक्ता को साझेदारी लागतमा निर्माण हुने उनले जानकारी दिए ।

त्यसैगरी नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को नगरपालिकाको ७० प्रतिशत र जनसहभागिता ३० प्रतिशतमा आधारित पूर्वाधार विकासअन्तर्गत वडा कार्यालय २ बाट छुट्याएको बजेटले उक्त सडक निर्माण भइरहेको वडाध्यक्ष दिननाथ अधिकारीले जानकारी दिए ।

त्यसैगरी अर्को शाखा सडक निर्माण खगेस्वर चौधरीको घरदेखि देविथानसम्म पक्की ढलान १० लाख रुपैयाँ बराबर लागतमा निर्माण हुने बताइएको छ । त्यसैगरी सिंचाई कार्यालयबाट अधिकारी चोकसम्म अधुरो पक्कि मोटर बाटो १५ लाख रुपैयाँ बराबर लागतमा निर्माण हुदै गरेको छ । सोहि शिर्षकमा कालीका माविको रंगरोगन बापत ५ लाखमा सकिने वडाध्यक्ष दिननाथ अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया