हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज ओरालो लाग्यो

काठमाडौं । गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ ।

गत आइतबार प्रतितोला रु १ लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा रु १ हजार ७०० ले घटेर रु १ लाख ८४ हजार ३०० मा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदी तोलामा रू १५ घटेर रू १ हजार ९४५ मा खरिदबिक्री हुनेछ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस घ् हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया