प्रधानमन्त्रीले संसद ‘बंक’ गरेको विरोधमा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ १५ मिनेटका लागि स्थगित भएको छ । बिहान ११ बजे बोलाइएको बैठक करिब आधा घण्टापछि सुरु भएको थियो ।

तर, सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गरेलगत्तै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले समय लिएर बोल्दै आपत्ति जनाए । त्यसपछि सभामुख घिमिरेले नियमावलीमा भएको व्यवस्था अनुरुप सरकारको प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्ने भन्दै बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।’

प्रमुख प्रतिपक्षी दलका नेताले विशेष समय माग गरेर बोलेको बैठकमा प्रधानमन्त्रीको उपस्थिति अपेक्षित हुन्छ । र, यो संसदीय अभ्यास र परम्परा पनि हो । तर, प्रधानमन्त्री भने प्रमुख प्रतिपक्षी दलका नेताले बोल्ने दिन संसद्मा गयल हुने गरेका छन् ।

मंगलबार पनि संसद् बैठक ‘बंक’ गरेर उनी कोसी प्रदेशसभालाई सम्बोधन गर्न र पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्तका लागि विराटनगर पुगेका थिए । यसअघि गत माघ २४ गते प्रचण्डले सम्बोधन गर्ने दिन पनि उनी बैठकमा अनुपस्थित थिए ।

याे पनि

प्रतिक्रिया