काठमाडौं । लोकदोहोरी गीत ‘नगर मायाले मुख छुच्चो’ तको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायिका शान्तिश्री परियार र गायक बद्री सापकोटाको आवाज रहेको छ ।
दिनेश गोर्खालीको प्रस्तुति रहेको उक्त गीतको भिडियो उनकै युट्युब चयानलमार्फत सार्वजनिक भएको हो । गीतको लय र शब्द पनि गायक सापकोटाकै रहेको छ ।
गीतको भिडियोमा बिक्रम बुढाथोकी, जुना विश्वकर्मा, दिनेश गोर्खाली र ममता बुढाथोकीको अभिनय रहेको छ । भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् भने विनोद बाजुरालीले संगीत संयोजन रहेको छ ।
प्रतिक्रिया