लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

दाङ । लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८१ सम्पन्न भएको छ । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रम उपमा सञ्चार प्रालि र तेज नेपाल मल्टीमिडिया प्रालिले संयुक्त रुपमा आयोजना गरेको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगर प्रमुख आतिथि, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट विशिष्ट अतिथि थिए । त्यसैगरी उपमा सञ्चार प्रालिकी अध्यक्ष आशा गौतमको अध्यक्षता, तेज नेपाल मल्टिमिडियाका अध्यक्ष सुमनकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीमगरले मौलिक कला तथा संस्कृति संरक्षणको आवश्यकता औँल्याए ।

उनले स्थानीय कला र संस्कृतिमा नै मौलिक पहिचान रहेको उल्लेख गर्दै हाल ती लोप हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरे । कार्यक्रममा अग्रज पत्रकार राधेश्याम गुप्ता (नयाँ युगबोध राष्ट्रिय दैनिक) सहित विभिन्न साहित्यकार, कलाकार तथा श्रष्टाहरुलाई सम्मान प्रदान गरिएको थियो ।

अवार्ड विजेताहरुमा भाषाभाषी गीत विधातर्फबाट सर्वोत्कृष्ट गीतकार सोब्राटी मन्सुरी, मौलिक सालैजो गीत बिधा तर्फ सर्वोत्कृष्ट गायन पार्वती रोकाया, चाडपर्व गीत विधा तर्फ सर्वोत्कृष्ट गायन दिपक वली, सर्वोत्कृष्ट मोडल उमा गिरी, सर्वोत्कृष्ट मोडल गगनशिला सुनार लोक दोहोरी गीत सर्वोत्कृष्ट गायक विजय सुनाम, सर्वोकृष्ट मोडलतर्फ प्रकाश गौतम, रिजन बस्याल अवार्डित भए ।

त्यसैगरी रक क्षेत्री, सर्वोत्कृष्ट नव गायक संगम राजु वि सि, सर्वोत्कृष्ट नव मोडल विविका भुषाल, लेनिया विक, पञ्चेबाजा गीत तर्फ सर्वोत्कृष्ट मोडल नारायण वि पि परियार, मौलिक झ्याउरे गीत तर्फ सर्वोत्कृष्ट गायन जितन भाई श्रीष, सर्वोत्कृष्ट निर्माता उमा गिरी सर्वोत्कृष्ट कोरियोग्राफर महेश रामुदामु अवार्डित भए ।

त्यस्तै आधुनिक गीतको सर्वोत्कृष्ट गीतकार विजय खडका गगन, सर्वोत्कृष्ट नव गायन अनु डि सि., अशोक पाण्डे गजलतर्फ सर्वोत्कृष्ट संगीतकार सन्तोष कुमार रजौरे प्रतियोगी कलाकार तर्फ सपना रोका, प्रत्यक्ष दोहोरी तर्फ हरिकला सुनार, सर्वोत्कृष्ट वाध्यवादन तर्फ भुवन बराल, छोटो चलचित्र विधामार्फत बद्री शाह, सिरियल विधाबाट रमेश अधिकारी, शोभा कुवँर लगायत अवार्डित भएका छन् ।

प्रतिक्रिया