फिल्म ‘अञ्जिला’ को ललितपुरमा ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौं । यही फागुन २९ गते बिहीबारबाट देशभर एकैसाथ प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अञ्जिला’ को ग्रान्ड रेड कार्पेट प्रिमियर ललितपुरमा सम्पन्न भएको छ । सोमबार साँझ ललितपुर महानगरपालिकास्थित लबिम महलमा आयोजित ग्राण्ड रेड कार्पेट प्रिमियरमा फिल्मको निर्माण टोली, फिल्मकर्मी, खेलाडी, खेलप्रेमी, खेलकुद पुत्रकार, पत्रकार र स्थानी दर्शक सहभागि थिए ।

ग्रान्ड प्रिमियरमा बोल्दै फिल्मका निर्देशक मिलन चाम्सले आफ्नो टिमले जुन लक्ष्यका साथ फिल्म ‘अञ्जिला’ निर्माण गरेको छ त्यही अनुरुप फिल्म चल्नुपर्ने बताएका थिए । यस्तै उनले यो फिल्म अपेक्षा अनुरुप चल्यो भने अन्य नेपाली खेलाडीको बाओपिकमाथि पनि फिल्म बन्ने र लगानीकर्तालाई पथ हौसला मिल्ने भनाई राखेका थिए ।

किनकी नेपाली खेलाडीको वास्तविक जीवनमा आधारित रहेर निर्माण गरिएको यो नै पहिलो ऐतिहासिक चलचित्र हो । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ को यसअघि हङकङ, दक्षिण कोरिया र बेलायत हुँदै गत शुक्रबार धरानमा पनि प्रिमियर गरिएको थियो ।

एञ्जिलाको जन्मथलो इलामदेखि काठमाडौं र विभागीय टोली एपीएफ हुँदै राष्ट्रिय टोलीसम्मको संघर्षपूव यात्रामा केन्द्रित भएर फिल्म निर्माण भएको छ । फिल्मको अञ्जिला पात्रको भूमिकामा एञ्जिला आफैले अभिनय गरेकी छिन् । यो नेपाली सिनेमा क्षेत्रकै दुर्लभ उदाहरण समेत हो ।

फिल्ममा एञ्जिला बाहेक निर्माता प्रेमकुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङलाई मुख्य भूमिका देख्न सक्छौं । फिल्ममा यी सबै पात्रको अभिनय तारिफ योग्य रहेको छ ।

यस्तै राष्ट्रिय टोलीका अधिकाशं खेलाडीलाई‌ पनि फिल्ममा देख्न सकिन्छ। फिल्ममा एक सफल खेलाडी बन्न एञ्जिलाले गरेको संघर्षको कथाले दर्शकको मन छुनुका साथै आँखा रसाउँछ ।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता विनोद अग्रवाल तथा टुबेन्द्र लिम्बु र राजेश बगडिया सह–निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया