सेक्मुरीको छायांकन इलाम र पाँचथरमा

इलाम । चलचित्र ‘सेक्मुरी’ यतिबेला इलाम र पाँचथरको बोर्डर घुर्रविसे पञ्चमी क्षेत्रको आसपासमा छायांकन भइरहेको छ । फिल्मका निर्देशक सूर्यप्रकाश चेम्जोङ हुन् । लेखन समेत चेम्जोङको रहेको फिल्ममा छायांकन समयमै अभिनेत्री परिवर्तन भएको छ ।

फिल्ममा अभिनेत्री बबिता फोम्बोको ठाउँमा लक्ष्मी योङहाङ भित्रिएकी हुन् । विशेष कारण बबिताले समय दिन नभ्याएपछि उनको स्थानमा लक्ष्मीलाई लिइएको निर्माणपक्षले जनाएको छ । लिम्बुनी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र पाँचथर, इलामपछि काठमाडौँ र हङकङमा समेत छायांकन हुनेछ । चलचित्रमा रविनकुमार नाल्बो, चन्द्रकला नेम्बाङ, पूर्ण सेलिङ, घनेन्द्रराज फियाक, माया तामाङ र सुनाहाङ जबेगु निर्माण रहेको छ ।

‘मरेको मान्छेले सम्मान पाउनुपर्छ र प्रेमले जीवित या मृत आत्म उत्तिकै सम्बन्ध राख्छ’ भन्ने ‘सेक्मुरी’ को मुख्य थिम हो । चलचित्रमा लक्ष्मी योङहाङका अलावा प्रेम सुब्बा, सागर केरुङ, नरेश वनेम, पबी तेम्बे, पूर्ण सेलिङ, याम नेयोङ, इन्दु तुम्सा, सीता राई, रिहा लिम्बू, डिआर हाङसरुम्बा, अल्का चोङबाङ, जानुका लिम्बु लगायतको अभिनय रहनेछ ।

प्रतिक्रिया