काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग ओभल अफिसमै चर्काचर्की भएको ७२ घन्टा नबित्दै युक्रेनलाई दिँदै आएको सबै किसिमको सहयोगमा रोक लगाउने निर्णय गरेका छन् ।
किभले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहयोग रोक्ने राष्ट्रपति ट्रम्पले जनाएका छन् । सहयोग रोक्का गर्ने निर्णय गर्नु केही घन्टाअघि उनले सामाजिक सञ्जाल ‘ट्रुथ’मा जेलेन्स्कीले युद्ध चाहेको उल्लेख गरेका थिए । यसको ३ दिनअघि (शुक्रबार) खनिज सम्झौताका लागि अमेरिकी राष्ट्रपति ट्रम्पसँग जेलेन्स्कीले गरेको वार्ता तनावपूर्ण ढंगले सकिएको थियो । त्यसपछि सहयोग माग्दै युरोप पुगेका जेलेन्स्कीले अमेरिकासँगको सम्बन्ध कायम राख्दै नयाँ सम्झौताका लागि आफू तयार रहेको बताउँदै आएका थिए ।
यो घटनापछि अमेरिकामा मिश्रित प्रतिक्रिया आउन थालेको छ । कतिपय युक्रेनबासीले अमेरिकाको निर्णय अस्थायी भएका कारण निराश भइहाल्नु नपर्ने बताएका छन् भने कतिपयले अमेरिकी समुदाय र युरोपेलीको साथ निरन्तर रहने अपेक्षा पनि गरेका छन् ।
अमेरिकाले यो निर्णय नेटोसँगको सल्लाहबिना नै गरेको खुलासा भएको छ । पोल्यान्डका विदेशमन्त्री पावेल रोनास्कीले अमेरिकाको यो निर्णय गम्भीर भएको तथा यसले समस्यालाई बढाएको प्रतिक्रिया दिएका छन् । यो घटनापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले शान्ति स्थापनाका लागि अमेरिकाको यो सबैभन्दा राम्रो भूमिका भएको प्रतिक्रिया दिएका छन् ।
अमेरिकाले सहयोग रोक्ने निर्णय सार्वजनिक भएपछि युरोपेली देशबाट भिन्न किसिमको प्रतिक्रिया व्यक्त हुन थालेका छन् । चेक गणतन्त्रका प्रधानमन्त्री पिटर फियालले युरोपले गरेको प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।
युक्रेनप्रति इयूको ऐक्यबद्धता
अमेरिकाको निर्णयपछि युरोपेली संघ (इयू) ले खुलेर सहयोग गर्ने जनाएको छ । युक्रेनलाई सहयोग गर्न सैन्य खर्च ८०० अर्ब युरोको बजेट तयार गर्ने जनाएको छ । संघका प्रमुख उरुस्ला भन डेर लेयनले युरोप आफ्नै पनि रक्षा संयन्त्र बलियो बनाउन तयार रहेको बताउँदै आवश्यक पर्दा कुनै पनि देशलाई १५० अर्ब युरोसम्म ऋण प्रदान गर्ने बताएकी छिन् ।
१ दिनअघि मात्र बेलायतसहित युरोपेली देशहरू युक्रेनको ‘पोजिसन’ बलियो बनाएर रुससँग वार्ता गर्ने रणनीतिमा जुटेका थिए । यसका लागि १८ युरोपेली देश मिलेर गठबन्धन गर्ने तथा युक्रेनलाई थप सहयोग गर्ने निचोडमा पुगेका थिए । बेलायती प्रधानमन्त्री केइर स्टेइमरले युक्रेनको सुरक्षा बलियो बनाउन थप २ अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेका छन् । त्यसको १ दिनअघि मात्र उनले २ दशमलव ८ अर्ब अमेरिकी डलर ऋणको सम्झौता भएलगत्तै उनले सहयोगको घोषणा गरेका हुन् ।
युक्रेन बचाउन भन्दै लन्डनमा भएको सम्मेलनमा फ्रान्स, पोल्यान्ड, स्विडेन, टर्की, नर्वे, चेक गणतन्त्र, डेनमार्क, जर्मनी, नेदरल्यान्ड्स, रोमानिया, फिनल्यान्ड, इटाली र स्पेनको सहभागिता थियो । सो सम्मेलनमा उत्तर अमेरिकी देश क्यानडा पनि उपस्थित थियो । सम्मेलनलाई नेटोका महासचिव मार्क रुटले पनि सम्बोधन गरेका थिए । युरोपको यो प्रयासका बाबजुद युक्रेनको अवस्था भने सहज छैन । त्यसो त युक्रेनको संसदीय रक्षा समितिले आधा वर्षलाई पुग्ने हतियार साथमा रहेको दाबी गरेको छ । तथापि युद्ध सुरु भएपछि सबैभन्दा बढी स
प्रतिक्रिया