‘ए घरबेटी बा’ बजारमा आउँदै

काठमाडौँ । कलाकार सविन श्रेष्ठले नयाँ वेब सिरिज ‘ए घरबेटी बा’ ल्याउने भएका छन् । कमेडी जनरामा बनेको यस सिरिजको ट्रेलर सार्वजनिक भएको छ । अनु शाहको निर्माण रहेको सिरिजमा दिनेश खड्काको कथा र निर्देशन छ । यस सिरिजमा सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीको रूपमा देखिँदैछन् । काठमाडौँ सहरमा कोठा भाडा लिई बस्ने २ युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको छ । सिरिजमा मोनिका बुढाथोकी, सिताराम दाहाल, सुलेमान शंकर ईकु लगायतका कलाकारहरूको समेत अभिनय रहेको छ । नयाँ जनराको वेब सिरिजका लागि उत्साहित रहेको श्रेष्ठ बताउँछन् ।

उनले भने, ‘मैले काम गरेका फिल्म अक्सर एक्सन जनराका छन् तर कमेडी जनराको वेबसिरिज लिएर आएका छौँ । बाहिरबाट आएका युवायुवतीहरूले काठमाडौँ सहरमा गर्नुपर्ने संघर्षको कथालाई कमेडी शैलीमा भन्न खोजेका छौँ । जसले दर्शकहरूलाई पूर्ण मनोरञ्जन दिनेछ ।’ यो वेब सिरिज सविन श्रेष्ठ युट्युब अकाउन्डमार्फत प्रसारण हुनेछ ।

प्रतिक्रिया