‘मेरै हातको सिन्दुर’ सार्वजनिक

काठमाडौँ । भुवन के पोखरेलको अभिनय रहेको गीत ‘मेरै हातको सिन्दुर’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । गायक बिनोद दनुवारको स्वरमा रहेको सो गीतमा शब्द संगीत सन्तोष श्रेष्ठ हो । गीतको म्युजिक भिडियो बिनोद दनुवर अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजधानीमा आज भएको कार्यक्रममा जसपा केन्द्रीय उपाध्यक्ष तथा पुर्वमन्त्री मिर्गेन्द्रकुमार सिंह यादवको प्रमुख उपस्तिथिमा गीत सार्वजनिक गरिएको हो । त्यस्तै, विशिष्ट अतिथिमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला थिए ।

म्युजिक भिडियोको निर्देशन सुरेश थापाले गरेका हुन्, भने गीतमा भुवन के पोखरेल र लक्ष्मी सुनारको अभिनय देख्न सकिन्छ । त्यस्तै गीतमा दिवाकर भण्डारी, सपना कार्की, बिक्रम ठकुरीले पनि भिडियोमा अभिनय गरेका छन् । भुवनले हालसम्म थुप्रै म्युजिक भिडियो तथा बिभिन्न लोकप्रिय टेलिसिरियलहरुमा काम गरिसेका छन ।

प्रतिक्रिया