सिरियल ‘घर संसार’ को प्रसारण सुरु

काठमाडौं । मनोरञ्जनसँगै सामाजिक सन्देशमूल सिरियल ‘घर संसार’ कान्ति भैरब मिडिया युट्युब च्यानलमार्फत प्रसारण सुरु भएको छ । सो सिरियल बिहीबारदेखि युट्युबमा प्रसारण हुन थालेको हो । घर संसार प्रत्येक बिहीबार साँझ प्रसारण हुने निर्माता तथा निर्देशक रामभक्त श्रेष्ठले जानकारी दिए ।

तीन दशक देखि नेपाली चलचित्र क्षेत्रमा कृयासिल निर्माता तथा निर्देशक श्रेष्ठको लेखन तथा निर्देशन रहेको ‘घर संसार’ मा मञ्जु श्रेष्ठ, रामभक्त श्रेष्ठ, शिवन श्रेष्ठ, रवि खड्का, दिपक खड्गी, बिक्रम दोङ, नियुक्ती शेर्पा, सुनिता बु्ढाथोकी, सुश्मिता थापा, सुपा खनाल, सत्य श्रेष्ठ, श्याम श्रेष्ठ, कुमार श्रेष्ठ, कृष्ण श्रेष्ठ लगायतको अभिनय रहने छ ।

त्यसैगरी प्रज्वल राउत ‘गोकुल’को छायांकन, बिक्रम दोङ्गको निर्माण, बिवेक दोङको टाइटल गीत रहने बताइएको छ ।

प्रतिक्रिया