कुम्मायकमा ‘पूर्वाञ्चल मगर रोधी घर’ सञ्चालनमा

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा– १ ‘पूर्वाञ्चल मगर रोधी घर’ सञ्चालनमा आएको छ । गाउँपालिका– १ का वडाध्यक्ष देवेन्द्र कुमार लावतीले उक्त रोधी घरको उद्घाटन गरेका हुन् । उनले रोधी घरसहित सोही भवनको समेत गरेका छन् ।

सो भवनका लागि रामबहादुर लुम्रे मगर र डेकेन्द्र लुम्रे मगरले एक रोपनी जग्गा प्रदान गरेको बताइएको छ । भवन जनश्रमदानसहित १४ लाख बराबरको लागतमा दुई कोठे रहेको छ । त्यस्तै फिदिम नगरपालिका– १३ मा मगर संघ वडा समितिले जनश्रमदानसहित १७ लाख लागतमा भवन बनेको छ ।

त्यस्तै फिदिम नगरपालिका– २ मा सुविधासम्पन्न प्रथम सहिद लखन थापा मगर सामुदायिक भवन नेपाल मगर संघ जिल्ला कार्यसमितिद्वारा निर्माणाधीन भइरहेको जिल्ला सचिव प्रेम केप्छाकी मगरले जानकारी दिए । भवन निर्माणका लागि पालिका र वडाहरुमा बन्ने चासो भइसकेको छ ।

प्रतिक्रिया