अर्घाखाँची । नेकपा माओवादी केन्द्रका बरिस्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीमा पनि काम गर्ने क्रममा केही कमजोरी भएको बताएका छन् । प्रेस सेन्टर नेपाल अर्घाखाँची शाखाले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले विगतका कमीकमजोरीलाई सच्चाएर दृढ विश्वासका साथ बिकास र समृद्धिको यात्रामा अगाडि बढ्ने बताए ।
नेता श्रेष्ठले भने, ‘सरकारले देश चलाउने अवस्था नभए र सरकारलाई जनताले थाम्ने नसक्ने अवस्था आए हामी सरकार जाने परिस्थिति रहन्छ’, उनले भने, ‘हामी बाम एकताको पक्षमा छौँ, तर तत्काल एमालेसँग त्यो सम्भावना छैन । जनताको सुझावलाई ग्रहण गरेर जनादेश बमोजिम अगाडि बढ्छौँ ।’
उद्योगी, ब्यापारी, नेता कर्मचारी कसैलाई पनि आफू गृहमन्त्री हुँदा अनुसन्धानको दायरामा कानुन बमोजिम कारबाही अगाडि बढाएको पूर्वगृहमन्त्री श्रेष्ठले बताए । विदेशी भूमिमा रहेका श्रमिकलाई स्वदेशभूमि फिर्तागरी रोजगारको अवसरका लागि काम नगरे राजनीति परिवर्तनको पुष्टि नहुने भन्दै नेता श्रेष्ठले त्यसका लागि राजनीतिक स्थिरता, प्रतिबद्धता र नयाँ भिजनका साथ अगाडि बढ्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा केन्द्रीय नेताहरू चन्द्रबहादुर खड्का, ठाकुर विक, छमकुमारी खनाल, अनिल किशोर घिमिरे, जिल्ला अध्यक्ष राजेन्द्र भुसाल, प्रेस सेन्टरका केन्द्रीय सदस्य अशोक खनाल लगायतको उपस्थिति रहेको थियो ।
अर्घाखाँची
प्रतिक्रिया