काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि सरकारको मूल्यांकन गर्न ६ महिनाको सहकार्य पर्याप्त नहुने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । ‘कुनै पनि सरकारको मूल्यांकन गर्न ६ महिनाको सहकार्य पर्याप्त हुँदैन, सरकारले यस अवधिमा गरेका काम राम्रा छन्, त्यसैले भविष्यमा असल परिणाम देखिने अनुभूति गरेको छु,’ उनले भने ।
साथै, उनले लोकतन्त्रको विकल्प नभएको बताए । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै देउवाले एमालेसँगको सातबुँदे सहमति कार्यान्वयन हुने पनि बताए ।
उनले भने, ‘सहमति कार्यान्वयन हुनेछ, अन्य राजनीतिक दलको पनि सहयोग हुनेछ भन्ने विश्वास लिएको छु ।’ सभापति देउवाले सरकारले ६ महिनाका अवधिमा गरेका काम राम्रा भएको दाबी गरे ।
उनले कानुन निर्माणले गति लिन नसकिएको सुनेको बताए । कानुन निर्माणको थलो सदन भएकाले ढिलाइ गर्न नहुने उनको भनाइ थियो । देउवाले संविधान संशोधनका विषयमा दलहरूबीच छलफल गरेर अघि बढ्नुपर्ने बताए ।
यस्तो छ देउवाको सम्बोधनको पूर्णपाठ
प्रतिक्रिया