पनामा नहरपछि ग्रिनल्यान्डमा ट्रम्पको चासो

न्युयोर्क । पनामा नहर अमेरिकाको नियन्त्रणमा हुनुपर्ने जिकिर गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा पनि चासो बढाएका छन् । डेनमार्ककको स्वायत्त टापुका रुपमा रहेको ग्रिनल्यान्ड नियनत्रणमा लिनका लागि ट्रम्पले चासो देखाइरहेका छन् । उनले राष्ट्रपतिको पदभार सम्हाल्ने वित्तिकै यस विषयमा बोलेका थिए ।
सो टापुमा ५७ हजार घर छन् । ती हरेक घरमा बासिन्दा अमेरिकी हुन चाहेको ट्रम्पको दावी छ । डेनिस प्रधानमन्त्री मिट फ्रेडेरिक्सनले सो टापु कसैको फोन कलको भरमा बेचिने नभएको बताएकी छिन् ।

सन् २०१९ मा पहिलो कार्यकाल विताइ रहेका ट्रम्पले सो समयमा पनि ग्रिनल्यान्ड किन्न चाहेका थिए । अहिले भने उनले सुरक्षाका लागि पनि ग्रिनल्यान्ड अमेरिकाको हुनु पर्ने जिकिर गरी रहेका हुन् । ‘मलाइ लाग्छ, त्यहाँका जनता हामीसँग रहन चाहिरहेका छन्,’ ट्रम्पले भने ।

उनले संसारबाट ग्रिनल्यान्डलाई सुरक्षित र स्वतन्त्र राख्न डेनमार्कले अवरोध गरे नराम्रो हुने समेत बताए । ट्रम्पले यत्ति धेरै विश्वास राखे पनि ग्रिनल्यान्डका प्रधानमन्त्रीले पनि सो टापु बेच्नका लागि नभएको बताउदै आएका छन् । ग्रिनल्यान्डका प्रधानमन्त्री म्युट एजले आन्तरिक मामला भएको बताउदै सुरक्षाका लागि आवस्यक परे अमेरिकासँग सम्पर्क गर्ने बताए ।

प्रतिक्रिया