गोगो फाउण्डेशनकाे पोर्टल निर्माणबारे कार्यशाला गोष्ठी

वीरगञ्ज । गोगो फाउण्डेशनले पोर्टल निर्माणबारे कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । पोर्टल निर्माणमा महिला, युवा, सिमान्कृत वर्गलगायत जेष्ठ नागरिक, अल्पसङ्ख्यक, बुद्धिजीबी, जनप्रतिनिधिलगायत सबै कार्यको सम्मान पहुँच समावेसीका लागि नीति पोर्टल निर्माण गर्न लागेको हो ।

गोगो फाउण्डेशनले मधेस प्रदेशको वीरगञ्ज महानगर क्षेत्रमा विभिन्न (stake holder) सँग प्रश्नावली तयार गरी survey वीरगञ्ज महानगरपालिकाको collaboration मा survey (नक्सांकन) कार्य गरेको र सो नक्सांकन कार्यका लागि वीरगन्ज महानगरपालिका क्षेत्रको स्थानीय समन्वय कर्ता एवं surveys समन्वय गरी नीति पोर्टल तयार गर्ने सम्बन्धममा वीरगञ्जको सम्झना होटलमा कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

कार्यशाला गोष्ठीमा सहभागीता जनाएका सहभागीहरुले नीति पोर्टल निर्माणमा आ–आफ्नो भनाइ राखेर सुझाव दिँदै पोर्टलमा थप्न आग्रह गरेका थिए । उक्त कार्यशाला गोष्ठी कार्यक्रमको प्रमुख अतिथि एवं वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले मन्तव्य राख्दै गोगो फाउण्डेशनले पोर्टल निर्माण गर्न लागेकोमा एकदमै राम्रो भएको बताए ।

उनले अहिलेको समय डिजिटल मै भएको हुनाले महिला,युवा,सिमान्कृत वर्ग लगायत जेष्ठ नागरिक, अल्पसङ्ख्यक,बुदिजीबी,जनप्रतिनिधि समेत लाई समेटेर पोर्टल निर्माण गर्न सुझाव दिँदै गोगो फाउण्डेशनलाई वीरगञ्ज महानगरपालिकाले सहयोग गर्नेसमेत बताए ।

उक्त कार्यशाला गोष्ठी गोगो फाउण्डेशन पर्साका संयोजक रमेश कुमार द्ववेदीको अध्यक्षता एवं वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको प्रमुख अतिथिमामा भएको कार्यक्रममा गोगो फाउण्डेशन प्रमुख कार्यकारी अधिकृत दुर्लभ वोगरी, मधेस प्रदेश संयोजक सुमन न्यौपाने, विशिष्ट अतिथि डा. विश्वम्भर शर्मा, वीरगञ्ज महानगरपालिका– ११ का वडाध्यक्ष अजयकुमार चौरसिया, जेष्ठ नागरिकमा शम्भुप्रसाद चौरसियालगायत महिला, पुरुष, तेस्रो लिंगी, सिमान्कृत वर्गलगायत सबैको सहभागिता रहेको थियो ।

प्रतिक्रिया