तोकेको पारिश्रमिक माग गर्दै रौतहटका स्वास्थ्यकर्मीहरुले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । रौतहटनका समस्त मेडिकल ल्याबका स्वास्थ्यकर्मीहरुले नेपाल सरकारले तोकेको पारिश्रमिकको माग गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवलाई ज्ञापनपत्र बझाएका छन् ।

मेडिकल कलेज र स्वास्थ्य संस्थाहरुबाट नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरुको पारिश्रमिकलगायतका सुविधामा अन्याय भएकाले त्यसको समाधानका लागि नेपाल सरकारको सचिवस्तरीय बैठकको मिति २०८१–८–२७ गतेको निर्णय अनुसार गर्न–गराउनु भनी सम्पूर्ण मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाहरुलाई पत्राचार भएको कुरालाई अवगत गराउँदै नेपाल सरकारले दिएको निर्देशनसमेतको अवज्ञा गर्दै विभिन्न निजी स्वास्थ्य संस्थाहरुले सो निर्देशनको पालना नगरेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सो पत्रको कार्यान्वयको माग गर्दै मेडिकल ल्याबका स्वास्थ्यकर्मीहरु सहायक प्रजिअ लाई ज्ञापनपत्र बुझाएका हुन् ।

साथै नेपाल सरकारले दिएको निर्देशनको मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाहरु पालना नगरे आन्दोलन गर्न बाध्य हुने अवस्थाको सृजना भइरहेकाले सो आफ्ना मागहरु पूरा गर्न–गराउने कार्यमा आवश्यक निर्देशनसहित आवश्यक सहयोगका लागि स्वास्थ्य मन्त्रालयको सो पत्रको फोटोकपी यसैसाथ संलग्न राखी रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी यादवलाई ज्ञापनपत्र बुझाएका छन् ।

प्रतिक्रिया