काठमाडौं । लोकप्रिय सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को प्रसारण आगामी माघ ४ गतेदेखि हुने भएको छ । हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजे रभ्वाइस अफ नेपालको युट्युब च्यानलमा साढे ८ बजे कार्यक्रम आउने शोका निर्देशक लक्ष्मण पौड्यालले जानकारी दिए ।
यस पटक पनि विगतका सिजनहरु जस्तै विभिन्न राउण्ड कायमै रहेको निर्देशक पौड्यालले बताए । साथै यसपटक केही कोच परिवर्तन भएका छन् ।
यस पटक लोकदोहोरी गायक खेम सेन्चुरी र गायिका मेलिना राई नयाँ कोचको रुपमा भित्रिएका छन् भने यसअघि कोच बनिसकेका राजु लामा र उदय सोताङ पनि यो सजिनमा आबद्ध छन् । ब्लाइण्ड अडिसनमा ६१ जनाले प्रतिस्पर्धा गर्ने निर्देशक पौड्यालले जानकारी दिए ।
प्रतिक्रिया