काठमाडौं । गायिका तथा संगीतकार तृप्ती खड्का गुरुङ र गायक करण परियारको युगल आवाजमा गीत ‘तिम्रो झझल्को’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस गीतको भिडियो हरि उप्रेतीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । उक्त गीतमा गायिका खड्काको संगीत र कवि तथा गीतकार हरि उप्रेतीको शब्द रहेको छ ।
गीतको एरेन्ज राजेन्द्र श्रेष्ठले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ नरेश पाण्डेले गरेका छन् । सारेगम स्टुडियो सामाखुसीमा रेकर्ड गरिएको उक्त गीतको भिडियोमा विजय गुरुङ र नेहा गौतमले अभिनय गरेका छन् ।
भिडियोको निर्देशन विजय गुरुङले गरेका छन् भने राजाराम सिंखडाले कोरियोग्राफी, प्रकाश खड्काको छायांकन, मिलन विश्वकर्माको सम्पादन रहेको छ ।
प्रतिक्रिया