काठमाडौं, ६ चैत । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरेका छन् ।
विभिन्न बहानामा त्रिविले स्ववियू निर्वाचन गराउन आलटाल गरिरहेको भन्दै ११ विद्यार्थी संगठनले आज उपकुलपतिको कार्यालय घेराउ गरेका हुन् । प्रत्येक दुई बर्षमा हुने स्ववियू निर्वाचन पछिल्लो समय पाँच बर्षसम्म हुन नसकेको छैन । त्रिविले पटक पटक निर्वाचन गराउने भनेर आश्वासन दिने गरेपनि निर्वाचनको मिति घोषणा नगरेकोले दबाबका लागि उपकुलपतिको कार्यालय घेराउ गरिएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले बताए ।
प्रतिक्रिया