विराटनगर किङ्सले टस जितेर पोखरा एभेन्जर्सविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीबारको पहिलो खेलमा विराटनगर किङ्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा बिहीबार हुने पहिलो खेलमा टस जितेर विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

आज हुने पहिलो खेल विराटनगर र पोखरा दुवै टिमको पाँचौं खेल हो । यसअघि यी दुवै टिमले चार खेलमध्ये ३ खेलमा हार ब्यहोरेका छन् भने एक–एक खेल जितेका छन् । आजको चाँचौं खेलमा दुवै टिमले जित्नै पर्ने दबाब छ ।

प्रतिक्रिया