संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सिरियाको भविष्य सिरियाली जनताले निर्धारण गर्ने विषय भएको बताएका छन् । उनले सिरियामा व्यवस्थित राजनीतिक संक्रमण सुनिश्चित गर्न धेरै काम गर्न बाँकी रहेको उल्लेख गरे ।
संयुक्त राष्ट्रसंघका प्रमुखले यस संवेदनशील घडीमा शान्ति कायम गर्न र हिंसाबाट बच्न र सबै सिरियाली नागरिकको अधिकारको रक्षा गर्न आफ्नो आह्वान दोहोर्याए । कूटनीतिक तथा कन्सुलर परिसर र कर्मचारीको सुरक्षालाई अन्तर्राष्ट्रिय कानुनअनुसार सबै अवस्थामा सम्मान गर्नुपर्ने उनको भनाइ थियो ।
उनले भने, ‘कुनै पनि राजनीतिक संक्रमण समावेशी र व्यापक छ र यसले सिरियाका जनताको सबै विविधतामा वैध आकाङ्क्षाहरू पूरा गर्दछ भन्ने सुनिश्चित गर्न हामीलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन को आवश्यकता हुनेछ।’ ‘सिरियाको सार्वभौमिकता, एकता, स्वतन्त्रता र क्षेत्रीय अखण्डता लाई पुनः स्थापित गर्नु आजको पहिलो आवश्यकतामा पर्छ,’ गुटेर्रेसले भने ।
संयुक्त राष्ट्रसंघले यस द्वन्द्वको चपेटामा परेकाहरूको स्मृतिको सम्मान गर्ने बताउँदै उनले सिरियालीहरूलाई मेलमिलाप, न्याय, स्वतन्त्रता र समृद्धि सबैका लागि साझा वास्तविकता भएको देश निर्माण गर्न सहयोग गर्न आफुहरू प्रतिबद्ध रहेको बताए । यो सिरियामा दिगो शान्तिको मार्ग हो ।– रासस, एएएफपी
प्रतिक्रिया