काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसिसी) अन्तर्गत पुरुष यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले बंगलादेशलाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ ।
संयुक्त अरब इमिरेट्को दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १४१ रनमा समेटिएको हो ।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ७७ बलमा पाँच चौकाको मद्दतमा ४३ रन बनाएका हुन् । त्यस्तै उत्तम थापा र अभिषेक तिवारीले समान २९–२९ रन बनाए । त्यसबाहेक नेपालका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बंगलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान दुई–दुई विकेट लिए । साथै साद रजिन, उज्जमान रफी र अजिजुल हकिमले समान एक–एक विकेट लिए । बंगलादेश अहिले जवाफी ब्याटिङमा उत्रिएको छ ।
प्रतिक्रिया