चित्रकलामा दक्षिण एसियाकै सान बनेका गाइतोन्डे

नयाँदिल्ली । संसारमा कुनै यस्ता कलाकार छन्, जो जिउदो हुँदा लिजेन्ड हुन्छन् । तर, मृत्युको लामो समयसम्म रहस्यको पात्रका रूपमा रहन्छन् । भारतीय कलाकार वासुदेव एस गाइतोन्डेको जन्म १०० वर्षअघि नै भएको थियो । २ नोभेम्बर, १९२४ का दिन उनको जन्म भएको थियो । दक्षिण एसियाका पायोनियर उनको कार्यकाल यस भूगोलमा नै कलाकारितामा अग्रणी मानिन्छ । उनकै कारण भारत कलाकारितामा २०औँ शताब्दीमा माथिल्लो उचाइमा थियो ।
उनले प्रयोग गर्ने प्रविधि पश्चिमबाट प्रेरित थियो । उनको चित्रमा पूर्वेली दर्शनको छनक पाइने गरिएको थियो ।

रङहरूको संयोजन पनि उनी त्यसै ढंगले गर्थे । उनको कलाले ध्यान, प्रकाश र ब्रह्माण्डलाई चित्रण गरिरहेका हुन्थे । उनको कलामा देखाइने प्रकाश र छायाको संयोजन साँच्चै उत्कृष्ट थियो । सन् २००१ मा उनको निधनपछि पनि बारम्बार उनको कलाकृतिबारे चर्चा हुने गरेको थियो ।

सन् १९६१ मा उनले तेल प्रयोग गरेर बनाएको एउटा चित्र सन् २०२२ मा ४२० मिलियन भारतीय रुपैयाँमा बिक्री भएको थियो । भारतमा त्यो एउटा कीर्तिमान नै थियो । जीवनभर एकान्त मन पराउने उनी जापानी दर्शनबाट प्रभावित भएर ध्यानमा चासो राख्थे । यसै कारण उनको चित्रमा पनि त्यसको छनक पाइन्थ्यो । उनको मतमा शान्तिबाट नै सबैकुरा पाइन्छ । शान्त नै क्यानभासको एउटा रूपसमेत हो । कमै अन्तर्वार्ता दिने उनले सन् १९९१ मा प्रीतिश नान्डीसँग अन्तर्वार्ता दिएका थिए । उनको जन्म गोवामा भएको हो । तथापि उनको परिवार सामान्य जीवन बिताउँदै मुम्बईमा बसेको थियो ।

सन् १९४६ मा उनले जेजे स्कुल आर्टस्बाट प्रशिक्षण लिएका थिए । उनको परिवारको आपत्तिका बाबजुद पनि यस क्षेत्रमा लागेका उनले सन् १९४८ मा डिप्लोमा पूरा गरेका थिए । केही समय उनी प्रगतिशील कलाकार समूहमा आबद्ध पनि भएका थिए । पहिलो पटक ओस्कार अवार्ड पाउने भानु आहिलेलगायत कलाकार सो समूहमा आबद्ध थिए ।

उनी मुम्बईको प्रतिष्ठित भुलाभाइ देशाइ इन्स्टिच्युटमा पनि आबद्ध भए । सोही इन्स्टिच्युटमा सितारवादक रविशंकर र नाट्य कलाकार इब्राहिन हल्काजी लगायत थिए । त्यस समयसम्म भारतीय कला राजाहरूको धार्मिक कृतिबाट प्रभावित थियो । त्यस समयमा उनी कसैलाई खुसी बनाउन नभई आफ्नै लागि कलाको काम गर्ने गर्थे ।

सन् १९६३ मा अमेरिकी विख्यात कलाकार मोरिस ग्रेभ्स भारत आएको समयमा उनको कला देखेर प्रभावित भएका थिए । यसपछि नै ग्रेभ्सले उनको चर्चा अन्तर्राष्ट्रिय स्तरमा नै गरेका थिए । सन् १९६४ मा फेलोसिपमा अमेरिका पुगेका उनले त्यहीँबाट आफ्नो कलालाई अघि बढाउँदै थप परिस्कृतसमेत बनाएका थिए । सन् १९७१ मा उनले भारतीय नागरिकले पाउने सबैभन्दा ठुलो पुरस्कार पद्मश्री पाएका थिए । उनी लामो समय गुमनाम पनि रहेका थिए । वर्षको ७ या ८ वटा चित्रकला बनाउने उनी सन् १९८४ मा भएको स्पाइनल इन्जुरीपछि निष्क्रिय भएका थिए ।

त्यसपछि नै उनको कलाको त चर्चा भयो, तर ती व्यक्तिका बारे कमैले चासो राख्ने गरेका थिए । सबै भारतीयका माझ चर्चा हुने गरेका उनको चर्चा चित्रकलामा चासो राख्नेमा मात्र सीमित थियो । सन् २००१ मा उनको निधनपछि पनि उनको कलाको मूल्य भने प्रत्येक दिन बढिरहेकै छ । उनको कला हेरेर भावविह्वल हुँदै हेरिरहनेहरूको जमात पनि अहिले पनि त्यत्तिकै छ ।

प्रतिक्रिया