काठमाडौँ । टेलिसिरियल ‘मेरी बास्सै’बाट चर्चामा आएका कलाकार सुरोज चपागाईं ‘बान्द्रे’ले नयाँ सिरियल ल्याउने भएका छन् । बान्द्रेले ल्याउन लागेको सिरियल ‘मेरी आम्मै’ हो । आगामी शनिबार (कात्तिक १७) बाट उक्त सिरियलको प्रसारण हुने उनले बताएका छन् । अहिले बान्द्रेसहितको टिम छायांकनमा व्यस्त छ । उनी भन्छन्, ‘तिहारमा उपहार स्वरूप दर्शकलाई सिरियल दिने प्रयास गरेको छु ।’
यो सिरियल बान्द्रेकै लेखन र निर्देशन रहने बताइएको छ । यस सिरियलमा मेरी बास्सैकी (मैयाँ) सुनीता गौतमको पनि अभिनय रहनेछ । ‘मेरी बास्सै’मा बान्द्रे र मैयाँ दिदी–भाइको भूमिकामा थिए । बान्द्रेका अनुसार उनको नयाँ सिरियल आफ्नै युट्युब च्यानल ‘बान्द्रे नारायण’बाट प्रसारण हुनेछ । हरेक शनिबार साढे ७ बजे प्रसारण हुने उनले जनाएका छन् ।
प्रतिक्रिया