अल्बानिया । ‘द मिस ग्लोब’ को उपाधि कोलम्बियाले जितेको छ । बुधबार बिहान अल्बानियामा भएको फिनालेमा कोलम्बियाकी डायना मोरेनोले ताज पहिरिएकी हुन् । नेपालकी मोनिका अधिकारी भने टप १६ सम्म पुग्न सफल भइन् । यो नेपालको द मिस ग्लोबमा पहिलो सफलता हो ।
२० दिनसम्म चलेको प्रतियोगितामा मोनिकाले हेड टु हेड च्यालेन्ज र मस्ट पपुलर बिधामा फाइनलमा पुगेकी हुन् । मोनिका शुक्रबार नेपाल फर्किंदैछिन । मिस ग्लोब नेपाल मिस्टर एन्ड मिस नेसनलभित्रकै एक महत्वपूर्ण उपाधि हो । सनुर्वी इन्टरनेसनलका अध्यक्ष तथा पूर्व मिस्टर नेपाल डा.सन्तोष उपाध्याय सन् २०२१ मा मिस्टर सुप्रानेसनलमा थर्ड रनरअपसहित २ सब टाइटल जित्न सफल भएका थिए ।
प्रतिक्रिया