विपिनलाई पुत्रीलाभ

काठमाडौँ । अभिनेता विपिन कार्कीलाई पुत्रीलाभ भएको छ । दोस्रो सन्तानको रूपमा उनलाई बुधबार पुत्रीलाभ भएको हो । उनको पहिलो सन्तान पनि छोरी नै हुन् ।

विपिनकी पत्नी रेस्मा कटुवालले बुधबार बिहान सुमेरु सिटी अस्पतालमा दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन् ।
श्रीमती र छोरीसँग अस्पतालमा रहेका विपिन अबको केही दिनपछि पुनः आफ्नो काममा फर्कनेछन् । उनी यसपछि ‘ऊनको स्वीटर’ को छायांकनमा व्यस्त हुनेछन् ।

२ महिनाअगाडि मात्रै अभिनेता कार्कीलाई मातृशोक परेको थियो । विपिनकी आमा सरस्वती कार्कीको उपचारको क्रममा निधन भएको थियो । मातृशोक परेपछि विपिनको ‘ऊनको स्वीटर’को छायांकन रोकिएको थियो । उनी ‘ऊनको स्वीटर’को पछि तुलसी घिमिरेको फिल्म ‘पहाड’ र सौरभ चौधरीको ‘कर्मा’मा व्यस्त हुनेछन् ।

प्रतिक्रिया