‘तस्बिर’ एल्बमको गीत ‘दिलको आगो’ सार्वजनिक

काठमाडौँ । जिन्दगीको फरक यथार्थ समेटेर मिठा सदावहार गीतहरू पस्कदै आएको ‘तस्बिर’ टिमले नयाँ प्रेम गीत सार्वजनिक गरेको छ । हरि बस्ताकोटीको शब्द तथा चण्डीप्रसाद काफ्लेले संगीत भरेको सो गीत श्री सँगीत पाठशालाको युटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गायक राज सिग्देलको आवाज रहेको छ ‘तस्बिर’ मा ५ गीतहरू छन् । एल्बम ‘तस्बिर’मा चण्डी प्रसाद काफ्लेले ३ गीत र संगीतकार हरि लम्सालले २ गीतमा संगीत भरेका छन् ।

राजको रहस्यमयी मधुर आवाजमा सजिएको गीत ‘आँखामा कुनै सपना छैन’ चर्चाको शिखरमा छ । उही एल्बम ‘तस्बिर’ बाट प्रेमगीत ‘दिलको आगो’ सार्वजनिक भएको हो ।

पछिल्ला १०–१२ वर्ष सदावहार स्तरीय गीतहरू भन्दा पनि भ्युजकोलागिमात्र बनाइएका झिल्के मिल्के गीतहरूले संगीतको बजारमा वेमौसमी बतास चलिरहेका बेला ‘तस्बिर’ सुगम संगीतको उन्नयनमा कोसेढुंगो साबित भएको गाएक राजले बताए ।

त्यस्तै, गुरु चण्डी प्रसाद काफ्लेले भने, ‘अब परिवेश बदलिदै छ, आउने वर्षहरुमा सुगम संगीत आफ्नो मूल बाटोमा आइपुग्ने बताए । हरि बस्ताकोटी भने यतिबेला काठमाडौ बाहिरको यात्रामा छन् ।

प्रतिक्रिया