काठमाडौं । लामो समयदेखि अमेरिकालाई कर्मथलो बनाउँदै आएका चलचित्र निर्देशक किशोर सुब्बाले आफ्नै निर्देशनमा लिम्बु भाषाको ‘ए फुंङ्…’ नामक गीत र भिडियो सार्वजनिक गरेका छन् ।
आफ्नो मातृभाषा लोप हुनुको मुख्य कारण पहिलो अभिभावकहरु सचेत नहुनु र युवा पुस्ताहरु जहाँको संस्कारमा हर्कियो त्यहीँको भाषा, संस्कृति र संस्कार अँगाल्ने उदेश्यले उक्त गीत र भिडियो ल्याएको सुब्बाले बताए ।
सन्सारको जुनसुकै कुनामा पुगे पनि आफ्नो जातीय संस्कार, संस्कृति र भाषाको संरक्षण गर्नुपर्छ भन्ने सन्देशमूलक रहेको जिकिर गर्दै उनले गीत ‘ए फुंङ्…’ ल्याएको बताए । उक्त भिडियो जेपिजे इन्टरटेन्टमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।
गीतमा शब्द बिवस वेनाम, स्वर मनी ताम्लिङ, दिपा सुहाङको रहेको गीतको संगीत, एरेन्ज, मिक्सिङ, रेकर्डिङ मनी ताम्लिङले गरेका हुन् भने यसका सम्पादन मन्दिल श्रेष्ठ, निर्माण तथा निर्देशन किशोर सुब्बाको रहको छ ।
प्रतिक्रिया