पाँचखालका नगरप्रमुख खरेलले आफ्नो तीन वर्षको तलबभत्ता बाढीपीडित राहत कोषमा दिने

काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले आफ्नो तीन वर्षको तलबभत्ता बाढीपीडित राहत कोषमा दिने निर्णय गरेका छन् । उनले कार्यपालिका बैठकबाट तीन वर्षको तलबभत्ताबाट प्राप्त हुने रु १५ लाख बाढीपहिरो पीडितलाई सहयोग गर्ने निर्णय गरेका हुन् ।

खरेलले सो रकम यहाँका क्षतिग्रस्त स्थानीय तहको राहतकोषमा जम्मा गर्ने निर्णय गरेको बताए । ‘पाँच खालभन्दा काभ्रेपलाञ्चोकको अन्य तहमा बढी जनधनको क्षति भएको छ, यस कारण मैले व्यक्तिगत रूपमा यस प्रकारको आर्थिक सहयोग गर्ने निर्णयमा पुगेको हुँ’, उनले भने । हालैको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा धेरै जनधनको क्षति भएको छ ।

पछिल्लो विवरण अनुसार बाढीपहिरोमा परी जिल्लामा ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धुलिखेलका अनुसार काभे्रपलाञ्चोकमा ३३ महिला, २८ पुरुष, ९ बालक र सात बालिकाको मृत्यु भएको हो ।– रासस

प्रतिक्रिया