‘मिघम्ब’को भिडियो युट्युबमा सार्वजनिक

काठमाडौं । ललितपुर सोभाहिटी स्थित किरात याक्थुङ चुम्लुङको भवनमा आयोजित भब्य कार्यक्रममा लिम्बू सचेतनामुलक म्युजिक भिडियो ‘मिघम्ब’को सार्वजनिक भएको छ ।

मिघम्बलाई कार्यक्रमका प्रमुख अतिथि अ.प्रा. मेजर जनरल तथा पाँचथर समाज काठमाडौंका अध्यक्ष होमकुमार लावती र विशेष अतिथि कलाकार पुर्ण सेलिङले संयुक्तरुपमा सार्वजनिक गरेका हुन् । मिघम्बलाई आत्मिय जनहरुको घर, घरमा पेन ड्राइभ मार्फत समेत पुराइने कुरा कार्यक्रमका सञ्चालक यासेली योङहाङले जानकारी दिए ।

निर्माता टेक लावतिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लिम्बू समुदायका प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती थियो । प्रायः उपस्थित सबैले यस्ता भिडियोहरु लगातार बनिरहनुपर्ने र यस्ता भिडियोहरुले हाम्रो समुदायलाई मनोरञ्जनमात्र नभई उच्च ज्ञानसमेत दिने बताएका थिए ।

प्रेमहाङ्सेम लावतीको शब्द, संगीतमा तानाम तान्छो लावती र दिपा सुहाङको आवाज रहेको ‘मिघम्ब’मा संगीत संयोजन टेकेन्द्र याक्सोले गरेका हुन् । तानाम तान्छो लावती, प्रेम हाङ्सेम लावती, निशा निङ्दम आदिको अभिनय हेर्न सकिने उक्त भिडियो दिनेश माङ्मुले निर्देशन गरेका हुन् भने यसमा पदम लावती र टेक लावति निर्माता रहेका छन् ।

पाँचथर जिल्लाको कुम्मायक, कुस्सायक, माङहिम, सुब्जानि गाउँलगायत अत्यन्तै ऐतिहासिक र रमणीय स्थलहरुमा छायांकन गरिएको उक्त म्युजिक भिडियो तानाम तान्छो अफिसियल युट्युब च्यानबाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया