बेलायतमा रुचाइएको ‘काँडेतार’

काठमाडौँ । नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्ने विषयवस्तुमा निर्माण भएको फिल्म ‘काँडेतार’ अहिले युकेको विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । यस्तैमा फिल्म सोमबार युकेको आश्फोर्ड सिंगलटन हलमा प्रदर्शन भएको थियो । प्रदर्शनीमा दर्शकको उपस्थिति राम्रो रहेको गायिका तथा फिल्मकी निर्माता सत्यकला राईले बताइन् ।

‘देशको माटो र मान्छे जोगाउने उद्देश्यका साथ निर्माण भएको फिल्म भएकोले होला युके निवासी नेपालीहरूले विशेष प्रेम र सद्भाव देखाउनुभएको छ’, राईले भनिन्, ‘फिल्मको दिनप्रतिदिन माग बढ्दो छ ।’ फिल्मको सोमा दर्शकको अनुरोधमा राईले आफ्ना चर्चित गीतसमेत सुनाएकी थिइन् ।
निर्माता राईका अनुसार फिल्म हेर्न विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार, लेखक, पत्रकारहरू आएका थिए । सोको मुख्य आयोजक नेप्लिज लेडिज ग्रुपका जया कोयी राई, देवान राई र ट्रस्टी अफ गोर्खा पिस फाउन्डेसनका गंगाराज राई, यायोक्खा बेलायत र नेपाली कलाकार प्रस्तोता समाज बेलायत किरात राई, कल्पना राई कुञ्जु, सगरमाथा गोरखा नेप्लिज लेडिज कम्युनिटी आस्फोर्ड र सांस्कृतिक सचिव किरात राई यायोक्खालगायत रहेका थिए ।

फिल्म नबल खड्काले निर्देशन गरेका हुन् । फिल्ममा नबलको अलावा, गौरव पहाडी, रेविका गुरूङ, प्रशान्त यादव, सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठ लगायतको अभिनय छ ।

प्रतिक्रिया