‘पिंकी पियारी’ भिडियोसहित सार्वजनिक

काठमाडौँ । गायक एसडी योगी र गायिका रेश्मा पुनको स्वरमा नयाँ गीत ‘पिंकी पियारी’ भिडियोसहित सार्वजनिक भएको छ । विनोद घर्ती मगरले निर्माण गरेको यस गीतको शब्द राम अविरल बिस्टले लेखेका हुन् भने संगीत एसडी योगी स्वयंको छ । भिडियोमा अलिसा शर्मा र अस्मिक लम्सालले अभिनय गरेका छन् । भिडियोमा एक युवकले डान्स क्लबबाट नृत्यांगनालाई लिएर भाग्दै गरेको कथा देखाइएको छ ।

भिडियोको निर्देशन शान थापाले गरेका छन् । जसमा राजीव सुनारले कोरियोग्राफी गरेका छन् भने, सहायक कोरियोग्राफर रोशन विश्वकर्मा हुन् । भिडियोको सम्पादन विवेक सुनार, छायांकन अजय रेग्मी र रंग संयोजन सुप्रिम पराजुलीले गरेका छन् । निर्माण पक्षले गीत सार्वजनिक भएसँगै दर्शकका लागि उपहार योजना पनि घोषणा गरेको छ । निर्माता विनोद घर्ती मगरका अनुसार, टिकटक, इन्स्टाग्राम र फेसबुक रिल्सहरूमा यस गीतको भिडियो बनाएर सर्वाधिक भ्युज पाउने क्रिएटरलाई एक स्मार्टफोन उपहार दिइनेछ । २५ कात्तिकमा उपहार प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया