मुम्बई । जुनियर एनटिआरले अभिनय गरेको दक्षिण भारतीय फिल्म ‘देवरा पार्ट १’ सेप्टेम्बर २७ मा रिलिज हुँदै छ । रिलिजको केही दिन बाँकी हुँदा फिल्मको अग्रिम बुकिङ खुलिसकेको छ ।
शिव कोरतलाको निर्देशनमा बनेको यो फिल्मले अग्रिम बुकिङमै करोडौँ रुपैयाँ कमाएको छ । तथ्यांकअनुसार यो फिल्म जुनियर एनटिआरको करियरको सबैभन्दा ठूलो एकल ओपनिङ फिल्म बन्न सक्छ ।
सक्निल्कको रिपोर्टअनुसार हालसम्म ‘देवरा पार्ट १’ को ६ लाख ५० हजार ११८ टिकट अग्रिम बुकिङमार्फत बिक्री भइसकेको छ । जसमध्ये तेलुगु संस्करण ६ लाख साढे ३७ हजार, हिन्दी संस्करणको १० हजार ८६८, कन्नड संस्करणको ८५, तमिल संस्करणको १ हजार ४१४ टिकट र मलायालम संस्करणको १६ टिकटको लागि अग्रिम बुकिङ गरिएको छ ।
फिल्मले २५ सेप्टेम्बरसम्म अग्रिम बुकिङमार्फत १६ दशमलव ६७ करोड कमाएको छ । जसकारण यसले पहिलो दिन भारतमा ५० करोडभन्दा बढीको व्यापार गर्ने ट्रेड विश्लेषकहरूको विश्वास छ । यसले विदेशमा ५० लाख डलर (४२ करोड भारु रुपैयाँ) कमाउनेछ । ट्रेड एनालिस्टको भनाइ सत्य साबित भएमा ‘देवरा’ ले उद्घाटन दिन विश्वभर १०० करोडको व्यापार गर्नेछ । सन् २०१८ मा रिलिज भएको जुनियर एनटिआरको फिल्म ‘अरविन्द्र समेथा’ उनको करिअरको सबैभन्दा सोलो ओपनिङ फिल्म हो । यस फिल्मले पहिलो दिन दिनभर ५८ करोड भारु कमाएको थियो ।
प्रतिक्रिया