मिस एन्ड मिसेस युनिभर्सलमा १२ प्रतियोगी

काठमाडौँ । ‘मिस एण्ड मिसेस युनिभर्सल २०२४’को अन्तिम स्पर्धामा १२ प्रतियोगी भिड्ने भएका छन् । आयोजक पार्कल इन्टरटेन्मेन्टले प्रतियोगिताको ट्यालेन्ट राउन्ड आयोजना गर्दै अन्तिम प्रतियोगीसमेत सार्वजनिक गरेको हो ।

फाइनलका १२ प्रतिस्पर्धीमा पनि मिसतर्फ ६ जना र मिसेसतर्फ ६ जना रहेका छन् । यीमध्येबाट २ विजेता र अन्य उपविजेता चुनिनेछन् । प्रतियोगिताको ग्रान्ड फिनाले यही असोज १२ गते काठमाडौँमा एक भव्य कार्यक्रमका बीच आयोजना हुनेछ ।

ट्यालेन्ट सोमा प्रतिस्पर्धीहरूले नृत्य, अभिनय, गायन लगायतका कला प्रदर्शन गरेका थिए । प्रतियोगिताको यो तेस्रो सिजन हो । यो सिजनसम्म आइपुग्दा प्रतियोगीहरूलाई थप क्षमतावान् बनाउन आयोजकले विभिन्न प्रशिक्षणको समेत व्यवस्था गरेको छ ।

महिलाहरूको क्षमताअभिवृद्धीको अलावा समाजमा सक्षम महिलाको रूपमा अगाडि बढाउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक संस्थाकी अध्यक्ष नितु श्रेष्ठले बताइन् । प्रतियोगीताका विजेताले विभिन्न अवसरका लागि नगद, र गिफ्टसमेत प्राप्त गर्न सक्नेछन् । प्रतियोगिताको कोरियोग्राफर दिक्पाल कार्की रहेका छन् ।

प्रतिक्रिया