पाकिस्तान, चीन र अमेरिका भारतलाई झगडामा संलग्न गराउने प्रयासमा हुनेछन् । यही मौकामा मोदी सरकारलाई गिराउने विपक्ष र बाहिरी शक्तिहरू लागिपरेका छन । साम्प्रदायिक सद्भाव भड्काउने र आपराधिक गतिविधि बढाउने प्रयास पनि भइरहेको छ । सबै छिमेकी देशको जनमत भारतविरोधी छ । भुटान र नेपाललाई छाडेर सबै छिमेकी देशका सरकारहरू भारतविरोधी छन् ।
वर्तमान विश्व तनावग्रस्त छ । दुई वर्ष भयो रुसले युक्रेनलाई तह लगाउन सकेको छैन । उल्टै रुसको भूभाग कब्जा गर्न युक्रेन सफल भयो । युक्रेनलाई सहयोग गरेको भनेर न्युक्लियर बमले आक्रमण गर्ने समेतको धम्की युरोपेली देशहरूलाई रुस दिई रहेको छ । इजरायल हमास युद्धले पुरै अरब तातेको छ । ईरान र उसका प्रोक्सीहरू इजरायलमाथि हमला गरिरहेका छन् र भिषण आक्रमणको तयारीमा छन् । दक्षिण चीन सागर पहिले देखिनै तनावमा छदैछ । सार्क क्षेत्र र दक्षिण पुर्वी एशिया शान्त थियो । भर्खरै बंगलादेशमा भएको सत्ता पलटले यो क्षेत्रको शान्तिमा गम्भीर चुनौतीहरू खडा भएका छन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सत्ताच्युत हुनु भन्दा अगाडि उनले अमेरिका ( गोरा छाला भएका ) हरूले सेन्ट मार्टिन टापु मागेको र बंगलादेश, भारत र बर्माको केहि भूभाग मिलाएर एक क्रिस्चियन राज्य खडा गर्ने प्रस्ताव राखेको कुरा खुलासा गरेकी थिइन । चीन सँगको साझेदारीमा टिस्टा परियोजना संचालन गर्ने विषयमा पनि समस्याहरू थिए । भारतसँग पनि सम्बन्ध धेरै सहज भएको थिएन । यद्यपि खालिदा जियाको बंगलादेश राष्ट्रवादी पार्टी र मुस्लिम कट्टरवादी पार्टीहरू भारत विरोधी भएकाले सेख हसिनानै भारतको निकट मानिन्थिन । बंगलादेश स्वतन्त्र राष्ट्र बनाउन भारतले गरेको सहयोग र खेलेको भुमिकाको कारण बंगलादेश निर्माता हसिनाका बावु सेख मुजिवर रहमानको पाला देखि उनको भावनात्मक सम्बन्ध भारतसँग नभएको भने होइन ।
आरक्षणको विरुद्ध विद्यार्थीहरूले संचालन गरेको आन्दोलनमा विपक्षी पार्टी बिएनपी र अतिवादी मुस्लिम संगठनहरूले पनि साथ दिए । प्रमुख रुपमा अमेरिकाले यो आन्दोलनलाई उपयोग गर्यो भनिन्छ । पाकिस्तान र चीनले समेत भुमिका खेले भन्ने आरोप छ । नयाँ प्रधानमन्त्री महोम्मद युनुस अमेरिका नजिक मानिन्छन् । सरकारले हसिनालाई ज्यान मुद्दा चलाएको छ र हसिनालाई सुपुरदर्गी गर्न भारत सरकार सँग माग गरेको छ । हसिनालाई बेलायत, अमेरिका र अन्य कुनै तेस्रो मुलुकले शरण दिन मानेनन् र उनि भारतमा बसिरहेकी छिन् ।
आन्दोलनको क्रममा बंगलादेशका हिन्दु, बौद्ध र अन्य अल्पसंख्यकहरूमाथि आक्रमण, बलत्कार र मार्ने समेतका कामहरू भए । हिन्दु मन्दिर तोडफोड गर्ने, जलाउने र हिन्दुहरूका गाई र सम्पत्ति लुटने काम अझसम्म भैरहेको छ । सरकारको तर्फबाट यी सबै टना भएकोमा माफी पनि मागियो । प्रधानमन्त्रीले पीडित हिन्दुहरूलाई भेटेर हिन्दुहरूमाथि भएको अत्याचार रोक्ने आश्वासन पनि दिए, तर हिन्दु प्रिन्सिपलहरूलाई जबर्जस्ती राजिनामा गर्न लगाउने र निस्कासन गर्ने काम भइरहेको छ । लुटपाट र अत्यार रोकिएको छैन । आफुमाथि भएको ज्यादती रोक्न, क्षतिपूर्ति पाउन र आत्मरक्षाकालागी हिन्दुहरूको जुलुस निस्कन थालेको छ । सुरक्षाकोलागि भारत प्रवेश गर्ने प्रयास पनि गरे,तर भारतले अनुमति दिएन ।
भारतिय सरकार बंगलादेशी हिन्दु, अल्पसंख्यकको सुरक्षा र सेख हसिनाको कारणले बंगलादेशको वर्तमान सरकारसँगको सम्बन्धलाई लिएर समस्यामा छ । बंगलादेश कट्टरपन्थी मुसलमानहरूको कब्जामा गएको अवस्थामा सुरक्षा चुनौती थपिने छ । बंगलादेशी हिन्दुहरूको सुरक्षाकालागि सैनिक हस्तक्षेप नै गर्नुपर्छ भन्ने भारत भित्र तिब्र दबाब छ । त्यसैले तत्काल हस्तक्षेप गर्ने वा त्याँहाका हिन्दु र सेख हसिनाको पार्टीको संयुक्त आन्दोलन संचालन गरेर अप्रत्यक्ष सहयोग गर्ने र युनुस सरकारलाई अपदस्त गर्ने बाहेक भारत सँग अर्को विकल्प छैन ।
पाकिस्तान, चीन र अमेरिका भारतलाई झगडामा संलग्न गराउने प्रयासमा हुनेछन् । यही मौकामा मोदी सरकारलाई गिराउने विपक्ष र बाहिरी शक्तिहरू लागि परेका छन । साम्प्रदायिक सद्भाव भड्काउने र आपराधिक गतिविधि बढाउने प्रयासहरू पनि भैरहेको छ । सबै छिमेकी देशको जनमत भारत विरोधी छ । भुटान र नेपाललाई छाडेर सबै छिमेकी देशका सरकारहरू भारत विरोधी छन् । नेपालका पछिल्लो चरणमा गठन भएका सरकारहरू भारतलाई खुशी पारेर आएका छन् र विरोधमा जान सक्दैनन् । भारतीय व्यवहार र नेपाली वामपन्थी स्यालहुइयाँले नेपाली जनमत पनि विरोधमा छ । सोभियत सं सँग भारतको पुरानो सम्बन्ध हो । लोकतान्त्रिक पद्धतिको हिसाबमा र अन्य कारोबारको कारणृ अमेरिका सँग सम्बन्ध राम्रो भएपनि राजनीतिक उदेश्य, धार्मिक र साँस्कृतिक मान्यताहरू फरक भएकोले दुइ देशका स्वार्थहरू बाझिएका छन् । चीनसँग भारतको पुरानो वैरभाव हो ।
विभाजनको पिडा र धार्मिक द्वन्दले भारत र पाकिस्तान विच सुरु देखिनै दुश्मनी छ । चीनले आर्थिक र सामरिक रुपमा अमेरिका पछाडी विश्व रंगमञ्चमा दोस्रो स्थान हासिल गरिसक्यो । भारत क्षेत्रीय शक्ति राष्ट्र त हुदै हो । आगामी केहि वर्षमा आर्थिक र सामरिक रुपमा तेस्रो विश्व शक्ति बन्ने होडमा देखिन्छ । यो लक्ष हासिल गर्न सम्पन्न र शक्ति राष्ट्रहरूको सहयोग र साझेदारीमा आर्थिक एवं विज्ञान प्रविधि र सैन्य शक्ति विकास गर्ने उद्देश्यले सहयोग लिन र सम्बन्ध विस्तार गर्न भारतले हतार गरिरहेको छ । आआफ्नो शक्ति विस्तार र प्रभुत्वकोलागि विश्व शक्ति राष्ट्रहरू आपसमा प्रत्यक्ष अप्रत्यक्ष भिडि रहेका छन् र तिव्र ध्रुवीकरणमा छन् । यो अवस्थामा सबैलाई सन्तुलनमा राखेर क्षेत्रीय प्रभुत्व कायम गर्न र आफ्नो लक्ष हासिल गर्न भारत कति सफल हुन्छ हेर्न बाँकी छ । तर पनि युक्रेन रुस युद्धमा मध्यस्थता गर्न मोदी पोल्यान्ड हुदै युक्रेन पुगे । आशा गरौं उनी सफल होउन, तर दुबै तर्फ भएको क्षति, उनिहरूले राखेका उद्देश्य र लक्ष अनि नाटो र रुस बीचको शक्ति सं र्षको कारण शान्ति कायम गर्ने काम जटिल देखिन्छ ।
बंगलादेश सँगको सिमा विवाद केहि वर्ष अगाडी भारतले समाधान गरेको सुनियो, तर नेपालसँगको सिमा विवाद समाधान गर्न चासो देखाएको छैन । अझ सिमा मिचेको कुरालाई इन्कार गरिरहेको छ । धार्मिक, सामाजिक र आर्थिकरुपमा नेपाल र भारतको अत्यन्त निष्ट सम्बन्ध छ । नेपालले बेहोरेको आर्थिक, सामाजिक र धार्मिक अतिक्रमण तथा हस्तक्षेप र यसले उत्पन्न गरेको सामाजिक बिग्रह अनि समस्या भारतले पनि बेहोरी रहेको छ ।
अनियन्त्रित भ्रष्टाचार छ । अझसम्म रबारविहीन र भोका नांगा करोडौंको संख्यामा छन । रोजगारीको समस्या जटिल छ । जातिय विभेद, धार्मिक सामाजिक द्वन्द्व र गरीबीले सामाजिक सम्बन्ध कमजोर बनेको छ । यसले सामाजिक अपराधहरू बढेको छ । केन्द्र र राज्य सरकारको झगडा र विवादले अपराध अनुसन्धान र शान्तिसुरक्षा चुनौतीमा देखिन्छ । यस्तो अबस्थामा मित्र राष्ट्रहरू सँगको सम्बन्ध सुधार गरेर शक्ति राष्ट्रहरूको हस्क्षेप, प्रभाव र चलखेलका चुनौतीको सामना गर्नु भारतको हितमा हुनेछ ।
परराष्ट्रमन्त्री आरजु देउवाको भारत भ्रमण र खासगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सँगको भेटले नेपाली संचार जगत तातेको छ । सकारात्मक र नकारात्मक दुबै कोणबाट ब्याख्या विश्लेषण हुन थालेको छ । आरजु राणाको विरुद्ध ब्ल्याकमेलिङ गरिरहेकाहरू र भारतलाई स्थाई दुश्मन देख्नेहरू गलत ढंगले नै प्रस्तुत भएका छन् । कुटनैतिक क्षेत्रमा यस्ता भेटभाट आवस्यकता, परम्परा, पदासिन ब्यक्तिको हैसियत, योग्यता र कुटनैतिक क्षमताको कारण हुने गर्दछ । मित्र खुशी पार्ने उद्देश्यले पनि हुन सक्दछ । यो पुर्व ोषित कार्यक्रम थिएन तर भारतको प्रधानमन्त्री सँग भेट हुनु सकारात्मक कुरा हो ।
बंगलादेशको टनाले उत्पन्न परिस्थितिले छिमेकीहरू सँग भारतले आफ्नो पुरानो निति पुनरावलोकन गर्नुपर्ने वर्तमान अबस्थामा मा भएको यो भेटलाई नेपालले सदुपयोग गर्नु पर्दछ । भारतका प्रधानमन्त्री मोदिसँगको भेटमा कतिपय समयमा एक्लाएक्लै वा परिवारका सदस्यलाई राखेर भेट्ने परम्परालाई तोडेर परराष्ट मन्त्रालयका सहसचिव र राजदुतावासका कर्मचारीहरूलाई साथमा राखेर भेटेको विषय चाहि धेरैलाई मन परेको छ । सिमा विवाद, जलश्रोत उपयोग, विद्युत विक्री र आपसि हित र सम्बन्धका धेरै विषयमा छलफल भएको कुरा बाहिर आएको छ । पुर्वनिर्धारित भेट ाट नभएको हुदा धेरै उपलब्धिको आशा राख्नु आवश्यक थिएन । ाटा नहुनुलाई सफलता मान्नु पर्दछ ।
वर्तमान सरकार, यसका मन्त्री मात्र नभएर नेपालका राजनीतिक दलका नेताहरूले मित्र राष्ट्रका सुरक्षा चासो, हित र भलाईको चाहानाको सम्मान गर्दै नेपालको हित, स्वाभिमानको रक्षा र सम्बृद्धीकालागी स्पष्ट र निर्भीक भएर आफ्ना अडान र दृष्टिकोण राख्नु पर्छ । नेपाली नेताहरूले आफ्नो स्वाभिमानको सौदावाजी नगरीकन स्थाई एवं विश्वास योग्य परराष्ट्र नीति निर्माण गरेर राष्ट्र र मुलुकको हितमा एकताबद्ध हुनु जरुरी छ ।
प्रतिक्रिया