एनपीएल : ‘लक्की ड्र’मार्फत छानिए ८ टिमलाई मार्की खेलाडी, कुन टिमले पायो को खेलाडी ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा ८ टोलीका लागि ‘लक्की ड्र’मार्फत ८ जना मार्की खेलाडी छनोट भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार ‘लक्की ड्र’ मार्फत प्रत्येक ८ टिमका लागि एक–एक जना मार्की खेलाडी छानिएका हुन् ।

जस अनुसार टिम काठमाडौंमा करण केसी, पोखरामा कुशल भुर्तेल, चितवनमा कुशल मल्ल, बिराटनगरमा सन्दीप लामिछाने र लुम्बिनीमा रोहित पौडेल आवद्ध भएका छन् ।

त्यस्तै जनकपुरमा आशिफ सेख, कर्णालीमा सोमपाल कामी र सुदूरपश्चिममा दीपेन्द्रसिंह ऐरी आवद्ध भएका छन् । क्यानले शुक्रबार एनपीएलका ८ मार्की खेलाडी सार्वजनिक गरेको थियो ।

अन्य खेलाडी अक्सनमार्फत छानिने क्यानले जनाएको छ । प्रत्येक मार्की खेलाडीले २० लाख रुपैयाँ पाउने क्यानले उल्लेख गरेको छ । पहिलो संस्करणको एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुँदैछ ।

केही दिनअघि एनपिएलमा सहभागी हुने ८ फ्रेन्चाइजीलाई विभिन्न व्यापारिक घरानाहरुले आफ्नो स्वामित्वमा लिएका थिए ।

प्रतिक्रिया