काठमाडौं । तेस्रो श्री आमा नेशनल अवार्ड सम्पन्न भएको छ । आमा तिलकुमारी मिडियाद्वारा आयोजित श्री आमा नेशनल अवार्ड २०८१ सम्पन्न भएको हो । शनिबार राजधानीमा आयोजित कार्यक्रममा मिडियाकी अध्यक्ष समुन्द्र सुवेदी भण्डारीको सभापतित्व तथा पूर्वसभामुख अग्नीप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा अवार्ड कार्यक्रममा विभिन्न कलाकारहरू सम्मानित भएका छन् ।
यस वर्षको आमा नेशनल अवार्डबाट बाल कलाकारमा प्रिन्सु पोखरेल, लोकप्रिय निर्देशकमा घनश्याम लामिछाने, सामाजिक टेलि चलचित्रमा राजु पौडेल (राजु मास्टर) हास्य टेलि चलचित्रमा मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे) सिनियर अभिनेतामा देशभक्त खनाल, सिनियर अभिनेत्रीमा मिथिला शर्मा, लोकप्रिय नायकमा नाजिर हुसेन, लोकप्रिय गायकमा पशुपति शर्मा, लोकप्रिय गायिकामा स्मिता दाहाल, टेलिसिरियल कथा पटकथा संवादमा रामचन्द्र बोहोरा (बुहारी) र नेत्र रावत (कमेडी सिरियल) सम्मानित भएका छन् ।
यसैगरी, लोकप्रिय कमेडियनमा अर्जुन घिमिरे (पाँडे) र बेगम नेपाली, चरित्र अभिनेत्रीमा सरस्वती फुँयाल, सामाजिक टेलिसिरियलमा आशा खड्का, साहित्यकारमा भिष्मराज फुलारा, नव निर्देशकमा मनोहर भण्डारी (म्युजिक भिडियो) नव नायकमा सुमन पौडेल, कार्यक्रम सञ्चालकमा दिपेन्द्र शाही, भिडियो सम्पादकमा रविन भट्ट, छायांकनमा नविन केसी, चलचित्र पत्रकारमा प्रकाश सुवेदी, पर्यटन गीतमा डा. राजन विनायक पासा, गीतकारमा राम लामा (अभिलासी) इभेन्ट म्यानेजर रमेश श्रेष्ठ, सर्ट फिल्म अभिनेतामा गोकुल विसी र व्यवस्थापकमा केशव काजी बाँनियाले अवार्ड प्राप्त गरेको आयोजकले जनाएका छन् ।
यस वर्षको श्री आमा नेशनल अवार्ड कार्यक्रममा नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द, पर्यटनविद् ऋषिराम भण्डारी र रामप्रसाद सापकोटा (कमल) विशेष सम्मानबाट सम्मानित भए । यसैगरी चलचित्र निर्देशक राजु गिरी, सुरज खनाल, ओम प्रकाश राई, देउडा गायक दिपेन्द्र प्रसाद दाहाल, कलाकार सन्दीप वाग्ले, कोरियोग्राफर सुमन सागर केसी, छाँयाङकनमा राहुल राई, सुमित राई, सुमन खनाल, नव नायक सन्तोष अधिकारी, मोडल विजय पुन, कलाकार लेखराज भुषाल, पत्रकार अमृत पौडेल र गोपी कृष्ण चापागाइँ सम्मानित भएका छन् ।
त्यसैगरी अवार्ड कार्यक्रमको जुरी समूहमा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, शिक्षाविद् तथा सरस्वती क्याम्पसका प्राचार्य डा गोलमान गुरुङ, अन्नपूर्ण पोस्टका सम्पादक अखण्ड भण्डारी, कार्यक्रम संयोजक दिवाकर भण्डारी रहेका थिए । अवार्ड कार्यक्रममा संयोजक तथा जुरी सदस्य भण्डारीले आफूले पैसा कमाउने उद्देश्यले नभइ जुरीमार्फत छनोट भएका तथा कलाकारिता क्षेत्रमा काम गरेका र योगदान पुर्याएका व्यक्तिहरुलाई अवार्ड र सम्मान गरिएको बताए ।
प्रतिक्रिया