उपचारको क्रममा आमा र शिशुको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको, नमोबुद्ध नगरपालिका–९ निवासी कान्छामान लामा तामाङकी श्रीमती माइली माया तामाङको उपचारको क्रममा मृत्यु भएको छ । ३० वर्षकी उनी ३२ हप्ता ४ दिनको गर्भवती थिइन् ।

पहिलेदेखि नै नियमित चेक जाँच गराउँदै आएकी माइली साउन ७ गते पुनः जाँचका लागि मेथिनकोट अस्पताल, भकुण्डे पुगेकी थिइन् । सोही दिन उनको अवस्था बिग्रिएकोले परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको थियो ।

धुलिखेल अस्पतालमा आमा र नवजात शिशुको अवस्था गम्भीर रहेकोले ९ गते २ बजे अप्रेसन गरी नवजात शिशु निकालियो । नवजात शिशुको अवस्था गम्भीर रहेकाले १ः२० बजे मृत्यु भएको थियो ।

आमाको पनि अवस्था गम्भीर रहेकाले उनलाई क्ष्ऋग् मा राखेर उपचार हुँदै गर्दा ९ गते ३ः१५ बजे उनको मृत्यु भयो ।
उक्त घटनालाई लिएर विभिन्न पक्षबीच छलफल भए पनि ठोस निष्कर्षमा पुग्न नसकेको जनाइएको छ । उपचारका क्रममा अस्पतालको चरम लापरबाही भएको भन्दै आफन्तहरू आक्रोशित भएका छन् ।

प्रतिक्रिया