काठमाडौं । महिला एसिया कप टी– २० क्रिकेटअन्तर्गत आजबाट सुरु भएको उद्घाटन खेलमा यूएईले जितका लागि ११६ रनको लक्ष्य दिएको छ ।
श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजबाट सुरु भएको खेलमा नेपाललले टस जितेर यूएईलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । पहिला ब्याटिङ गरेको यूएईले निर्र्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन मात्रै बनायो ।
यूएईका लागि काभिसा र खुसी शर्माले ३२ रनको साझेदारी गर्दै यूएईको इनिङस् उकासेका थिए । २६ बलमा २ चौका सहयोगमा २२ रन बनाएकी काभिसा १५औँ ओभरको पहिलो बलमा कृतिका मरासिनीको बलमा कविता जोशीको हातबाट क्याच आउट भइन् ।
३९ बलमा २ चौका प्रहार गरेकी खुसी १८.३ ओभरमा इन्दु बर्माको बलमा कृतिका मरासिनीको हातबाट क्याच आउट भइन् । समाइरा डार्निडर्काले १३ रन थपिन् । कप्तान इसा ओजा १० रन बनाउँदा रन आउट भइन् ।
नेपालकी कप्तान इन्दु बर्माले ३ विकेट लिइन् । उनले आफ्नो स्पेलमा १९ रन खर्च गरिन्। सवनम राई,कविता जोशी र कृतिका मरासिनीले समान एक विकेट लिए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
एसिया कपमा नेपाल रहेको समूहमा नेपालसहित यूएई, भारत र पाकिस्तान छन् । आइतबार पाकिस्तान र मंगलबार भारतसँग खेल्नेछ ।
सन् २०१२ र २०१६ मा सहभागी भएको नेपालको यो तेस्रो सहभागिता हो । अर्को समूहमा थाइल्यान्ड, मलेसिया, श्रीलंका र बंगलादेश छन् । दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइलन खेल्नेछन् ।
प्रतिक्रिया