के घर के डेरा : घर नम्बर २मा खगेन्द्र

काठमाडौं । ‘के घर के डेराः घर नम्बर २’को प्रमुख भूमिकामा खगेन्द्र लामिछाने अनुबन्धित भएका छन् । शुक्रवार उनको जन्मदिनको अवसर पार्दै चलचित्रमा अनुबन्ध गरिएको हो।


यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् । २५ साउनबाट छायांकनमा हुने सो चलचित्रमा राम्रो टिम र राम्रो कथा रहेकोले आफू पनि यसको हिस्सेदार बन्न पाउँदा खुसी लागेको लामिछानेले बताए। चलचित्रमा अन्य कलाकारहरूको बारेमा भने खुलासा गरिएको छैन । यो चलचित्रलाई चर्चित लेखक बुद्धि सागरले लेखेका हुन् ।

प्रतिक्रिया