खाँडाचक्र नगरपालिकास्तरीय शिक्षा समूह पुनः गठन

कालिकोट । खाँडाचक्र नगरपालिकास्तरीय शिक्षा समूह पुनः गठन गरिएको छ । खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाहीको संयोजकत्वमा १६ सदस्यीय शिक्षा समूह गठन गरिएको हो । स्थानीय तहभित्रका विद्यालयमा शिक्षा प्रभावकारीताका लागि शिक्षा विकास तथा समन्वय ईकाइ, विद्यालय व्यवस्थापन समितिसँग समन्वय गर्ने शिक्षा समूहको मुख्य उद्देश्य रहेको खाँडाचक्र नगरपालिकाका शिक्षा सम्पर्क व्यक्ति खडकबहादुर शाहीले बताए ।

उनले स्थानीय तहभित्र विपद्को समयमा शैक्षिक गतिविधी सञ्चालनका लागि आवश्यक सहजिकरण गर्ने तथा विपद्को समयमा सम्बन्धित निकायको समन्वयमा रही शिक्षण प्रशिक्षणका लागि आवश्यक सामग्री संकलन गर्ने यस शिक्षा समूहको उद्देश्य रहको बताए । खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवं शिक्षा समूहका सदस्य प्रवलजंग शाहीले स्थानीय तहमा तहगतरूपमा शिक्षा क्षेत्रको निरन्तर सुधार गरी शैक्षिक उपलब्धी हासिल गर्नु यस शिक्षा समूहको लक्ष्य रहेको बताए ।

बाल विकास संयोजक मिसिरा शाहीले खाँडाचक्र नगरपालिका भित्र रहेका सम्पूर्ण विद्यालयका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार गर्न तथा आइपरेका विभिन्न अप्ठ्यारा परिस्थितिलाई सहजै न्यूनिरकण गर्न शिक्षा समूहले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । खाँडाचक्र नगरपालिका शिक्षा शाखा प्रमुख जसिप्रसाद चौलागाँईले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय क्षेत्रको पहुँच पुर्याउन शिक्षा समूहले काम गर्नुपर्ने बताए ।

शिक्षा समूहको पुनः गठन तथा अभिमूखिकरण कार्यक्रममा सहभागीहरुले अति महत्वपूर्ण शिक्षा समूह रहेकाले नगरपालिकामा शिक्षा क्षेत्रका काममा सधैँभर लागि पर्न आग्रह गरे। युनिसेफ नेपालको सहयोग, समाज जागरण केन्द्र (स्याक) नेपालको सहजिकरण तथा खाँडाचक्र नगरपालिकाको सहकार्यमा कार्यक्रम भएको हो । नेपाल सरकारको नीति अनुरुप शिक्षा समूह गठन गरिएको स्याक नेपालका परेकलाल बुढाले बताए । बुढाका अनुसार समाज जागरण केन्द्र (स्याक) नेपालले कर्णाली प्रदेशका १० जिल्लामा स्वास्थ्य, शिक्षा, जीविकोपार्जनका क्षेत्रमा काम गर्दै आएको छ ।

खाँडाचक्र नगरपालिकास्तरीय शिक्षा समूहमा गणेशबहादुर शाही संयोजक (नगर उप प्रमुख खाँडाचक्र नगरपालिका कालिकोट), प्रवलजंग शाही सदस्य (प्रमुख प्रशासकिय अधिकृत खाँडाचक्र नगरपालिका), रविन्द्र सेजुवाल सदस्य (स्वास्थ्य शाखा प्रमुख खाँडाचक्र नगरपालिका), मनसिंह शाही सदस्य (विव्यस अध्यक्ष दुर्गा भवानी आधारभूत विद्यालय), अनिपाल विक सदस्य (विव्यस अध्यक्ष भवानी आधारभूत विद्यालय), छत्रबहादु शाही सदस्य (प्रधानाध्यापक जनज्योति मावि), चन्द्रप्रसाद कोइराला सदस्य (प्रधानाध्यापक पंचदेव मावि), भुपेन्द्र शाही सदस्य (संस्थागत प्रधानाध्यापक बाल विकास बोर्डिङ), लक्षिराम विक (नेपाल रेकडक्र), गणेशबहादुर रावल (युनिसेफ प्रतिनिधी), केशवराज देवकोटा सदस्य (अपांग महासंघ प्रतिनिधी), हस्त चौलागाईं सदस्य (पत्रकार महासंघ प्रतिनिधी), स्वीकृती पाण्डे सदस्य (सिएमसी नेपाल) परेकलाल बुढा सदस्य (समाज जागरण केन्द्र),
जसिप्रसाद चौलागाईं सदस्य सचिव (शिक्षा शाखा प्रमुख) मिठु शाही सदस्य (सेतो गुराँस) रहेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया