मुगु । मुगुको छायाँनाथ रारा नगरपालिकामा स्थानीय शिक्षा समूह गठन भएको छ । छायाँनाथ रारा नगरपालिकाकी नगर उपप्रमुख ऐश्वर्य मल्लको संयोजकत्वमा १५ सदस्यीय नगरस्तरीय शिक्षा समूह गठन गरिएको हो ।
यसअघि पनि छायाँनाथ रारा नगरपालिकामा सामाजिक समितिका संयोजकत्वमा शिक्षा समूह गठन भए पनि अहिले कानुन कार्यविधि अनुसार पुनः नगर उपप्रमुख मल्लको संयोजकत्वमा स्थानीय शिक्षा समूह पुर्नगठन भएको छायाँनाथ रारा नगरपालिकाले जनाएको छ ।
बिहीबार एक अभिमूखिकरण कार्यक्रमको आयोजना गरी विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि नेपाल शिक्षा समूह (गठन तथा सञ्चालन) निर्देशिका २०८० अनुसार युनिसेफ नेपालको आर्थिक सहयोगमा समाज जागरण केन्द्र (स्याक नेपाल) को सहजिकरण तथा छायाँनाथ रारा नगरपालिकाको सहजिकरणमा स्थानीय शिक्षा समूह पुर्नगठन गरिएको हो । जसको सदस्यमा छायाँनाथ रारा नगरपालिकाका निमित्ति प्रमुख प्रशासकिय अधिकृत पुशपती शाही, स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर मल्ल, सदस्य सचिवमा शिक्षा शाखा प्रमुख गणेश न्यौपाने रहेका छन् ।
त्यसैगरी संस्थागत प्रतिनिधित्व गर्दै सदस्यमा गैरसरकारी महासंघका अध्यक्ष कर्णजंग शाहीलगायत हिमाली ग्रामीण युवा समाज विकास केन्द्र हिरिष्डेक मुगुका कार्यक्रम व्यवस्थापक शिवचन्द्र कार्की, अपाङ्ख पुर्नस्थापाना डार्डो नेपालबाट रतनबहादुर शाही, समाज जागरण केन्द्र (स्याक नेपाल) बाट नरेन्द्र बहादुर रावल, त्यस्तै शिक्षकहरुको प्रतिनिधित्व गर्दै जंगबहादुर शाही, चन्द्र प्रकाश बढुवाल र अर्जुन कार्की विद्यालय व्यवस्थापनको प्रतिनिधित्व गर्दै दानबहादुर सावत, इन्दिरा मल्ल र नेपाल पत्रकार महांसघको प्रतिनिधित्व गदै नेपाल पत्रकार महांसघका उपाध्यक्ष दानबहादुर बुढा, नेपाल रेड्क्रस सोसाईटीबाट सितला मल्ल, अन्तर सरकारी निकायबाट प्रतिनिधित्व गदै खड्क भियाल लगायत शिक्षा समूहमा सदस्य रहेका छन् ।
यस समूहले शिक्षा क्षेत्रको विपद् जोखिम न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने छायाँनाथ रारा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पशुपती शाहीले बताए । उनले विद्यालय सुरक्षा कार्यान्वयन, विद्यालयको क्षमता विकास, शिक्षा प्रणाली सुदृढीकरण, जोखिम व्यवस्थापनलगायत जोखिम न्यूनीकरण क्षमता विकास शिक्षासम्बन्धी कार्यहरू गर्ने उद्देश्यले शिक्षा समूह गठन गरिएको जानकारी दिए ।
यस्तै कार्याक्रममा बोल्दै छायाँनाथ रारा नगरपालिकाका नगर उपप्रमुख ऐश्वर्य मल्लले स्थानीय तह शिक्षा समूहमा आवद्ध भएका सदस्यहरूले शिक्षा क्षेत्रको विपद्काका क्षेत्र र शिक्षाको विकास क्षेत्रमा समन्वयकारी भूमिकामा रहेर काम गर्न आग्रह गरेकी छन् ।
उनले छायाँनाथ रारा नगरपालिकाले शिक्षा क्षेत्रको विपद् जोखिम न्यूनिकरणमा सहयोगी संस्थाहरूको सहयोगमा शिक्षा समूहको सहयोगमा हातेमालो गर्र्दै जाने बताइन् । शिक्षा क्षेत्रको विपद् जोखिम न्यूनिकरणमा क्षमता विकासका क्षेत्रमा संयोजकको सँगसँगै सदस्यको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने भएकाले उनले साथ र सहयोगको अपेक्षा गरेको बताइन् ।
मुगु
प्रतिक्रिया