काठमाडौं । जेफरसन लेर्माको एक मात्र गोलमा उरुग्वेलाई पराजित गर्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । नर्थ कारोलिनास्थित ब्याङ्क अफ अमेरिका स्टेडियममा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा दश खेलाडीमा समेटिएको कोलम्बियाले उरुग्वेलाई १-० ले पराजित गर्दै फाइनल पुगेको छ ।
दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको कोलम्बियाले अब १५ पटकको विजेता अर्जेन्टिनासँग फाइनलमा खेल्नेछ ।
प्रतिक्रिया