काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका २०२४ को दोस्रो सेमिफाइनलमा कोलम्बिया र उरुग्वेबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समय अनुसार बिहीबार बिहान ५:४५ बजे नर्थ क्यारोलिनास्थित ब्याङ्क अफ अमेरिका स्टेडियममा हुनेछ ।
यस संस्करण कोपामा लयमा रहेको कोलम्बिया लगातार २७ खेलसम्म अपराजित छ । उरुग्वे क्वाटरफाइनलमा अर्को उपाधि दाबेदार ब्राजिललाई पराजित गरेको थियो । जसले गर्दा उरुग्वेको मनोबल पनि उच्च छ ।
कोलम्बिया र उरुग्वेबीचको विजेताले फाइनलमा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिनाले पहिलो सेमिफाइनलमा क्यानडालाई हराएर फाइनलम स्थान बनाइसकेको छ ।
प्रतिक्रिया