सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका– ७ मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । विष्णुपुर गाउँपालिका– र ७ मा एक कार्यक्रमको आयोजनामा राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा कार्यक्रम सम्पन्न भएको छ ।
मा बैंष्णो देवी क्लबका अध्यक्ष दर्शन साहको अध्यक्षता र विष्णुपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सन्तकुमार ममन्डलको प्रमुख आतिथ्य तथा वडा नम्बर ७ का अध्यक्ष लोचन साहको विशिष्ट आतिथ्यमा विभिन्न फलफूलको बिरुवा रोपण कार्यक्रम सम्पन्न भएको हो ।
ईलाका प्रहरी कार्यालय विष्णुपुर, गाउँपालिकाको प्रांगण, विद्यालयको प्रांगण, बाबा डिहबारको प्रांगणसहित विभिन्न ठाउँमा फलफूल तथा बिरुवा रोपिएको गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्डलले विभिन्न बिरुवा एवं फलफूलको बिरुवाबाट स्थानीयवासीहरुलाई फाइदा हुने बताउँदै यसले शुद्ध फलफूल खान समेत मिल्ने बताए ।
उनले वृक्षारोपण गरिएको फलफूलको बिरुवालाई सबै मिलेर संरक्षण गर्नुपर्ने बताए। सो अवसरमा बोल्दै विशिष्ट अतिथि अध्यक्ष साहले मानव जीवनलाई अतिनै आवश्यक पर्ने अक्सिजनको खानीको रुपमा रहेको बोट बिरुवाहरुलाई नै चिनिन्छ ।
आफु बाँच्न र अरुलाई बचाउनको लागि हरेक मानिसले कुनै न कुनै बोट विरुवा वृक्षरोपण गर्न आवश्यक रहेको बताउदै मानिसलाई खानाको रुपमा चाहिने फलफूल पनि रहेको हुँदा फलफूलको विरुवा वृक्षारोपण गरिएको बताए । उनले नेपालमा विदेशी निकायबाट आएको विभिन्न अनुदानहरू हाम्रो नेपाली जनताले जोगाएको बोटबिरुवाबाट प्राप्त अक्सिजनको साटो विदेशी निकायले अनुदान दिएको बताए ।
साथै, उनले गाउँपालिका आयोजक संस्थालगायतको संवाद केन्द्रका सम्पूर्ण किशोर किशोरीहरुलाई धन्यवाद समेत दिएका थिए । अध्यक्ष साहले गाउँपालिका, संस्था, केन्द्रहरुको सहयोग समन्वयमा गरिएको वृक्षारोपण कार्यक्रमबाट आम जनसमुदायमा धेरै नै सहयोग मिलेको बताए । उनले वृक्षारोपण गरिएको फलफूलको बिरुवालाई आफू र स्थानीयवासीहरू मिलेर संरक्षण गर्नुपर्ने बताए ।
सप्तरी
प्रतिक्रिया