मटिहानीले बाँड्यो कागतीका बिरुवा

महोत्तरी । जिल्लाको मटिहानी नगरपालिकाले कागतीको बिरुवा बितरण कार्य सुुरू गरेको छ । यसै बीच मटिहानी–७ का स्थानीयलाई कागतीको बिरुवा बितरण कार्यको शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गरेका छन् ।

सो अवसरमा बोल्दै प्रमुख मण्डलले कागतीमा भिटामिन सी प्रशस्त मात्रामा पाउने र यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भएको हुँदा यसले हामीलाई बिभिन्न रोगबाट बच्न सहयोग पुग्ने बताए ।


कृषि तथा पशु विकासमा आधारित नगर स्तरीय कार्यक्रम अन्तर्गत हरेक घरपरिवारलाई पुग्ने गरी करिब १० हजार कागतीको बिरुवा पालिकाले ९ वटै वडामा वितरण गर्ने कार्यक्रम रहेको कुरा कृषि सहायक प्राविधिक टंक उपाध्यायले बताए । त्यसैगरी स्थानीय भदैया मण्डल, बैजनाथ कापर लगायतकाहरूले कागतीको बिरुवा पाए पछि खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा मटिहानी वडा नम्बर ७ का वडा अध्यक्ष जितनारायन माझी, वडा नम्बर ७ का वडा अध्यक्ष कलीम अंसारी लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया