रुपनी खानेपानी योजनाको उद्घाटन

राजविराज । सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले रुपनी खानेपानी योजनाको उद्घाटन गरेका छन् ।
गाउँपालिकाको १५ लाख तथा वडा नम्बर १ को ७ लाख गरी कुल २२ लाख रुपैयाँको लगानी सम्पन्न खानेपानी योजनाको अध्यक्ष यादवले उद्घाटन गरेका हुन् । खानेपानी योजनाको रुपनी गाउँपालिका अध्यक्ष यादव र उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगीले संयुक्त रुपमा धारको टुटी खोलेर उद्घाटन गरेका थिए ।

उक्त अवसरमा रुपनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारिणी प्रसाद यादव, वडा नम्बर १ की अध्यक्ष लिला कुमारी यादव, पुर्व वडा अध्यक्ष पितम्वर यादव, इलाका प्रहरी कार्यालय रुपनीका प्रमुख प्रहरी नायव निरीक्षक पुलकित यादवलगायतका स्थानीय जनप्रतिनिधि तथा खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

उक्त योजना अन्तर्गत रुपनी गाउँपालिका–१ स्थित कर्मचारी टोलका ५० घर परिवारलाई खानेपानी सुविधा उपलब्ध भएको रुपनी गाउँपालिकाका इन्जिनियर रमेश यादवले बताए ।

आर्थिक बर्ष २०७९/०७९ को गाउँपालिका स्तरीय ९ लाख, १ नम्बर वडाको ७ लाख र आव २०८०/०८१ को गाउँपालिका स्तरीय योजनाको ७ लाख लगानीमा खानेपानी योजनाको कार्य सम्पन्न गरी उपभोक्तालाई वितरण गरिएको उनले जानकारी दिए ।

खानेपानी योजना सञ्चालनमा आएसंगै बर्षोदेखी खेपिरहेको खानेपानी समस्या समाधान भएको रुपनी खानेपानी योजनाका अध्यक्ष तिर्थ बहादुर खड्काले बताए ।

प्रतिक्रिया