रौतहटमा एक विद्यार्थी, एक विरुवा अभियान

रौतहट । रौतहटमा ‘एक विद्यार्थी एक विरुवा अभियान’ सुरु भएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका –९ धरहरीमा रहेको श्री जय किसान माध्यमिक बिद्यालयमा सो अभियानको थालनी गरिएको हो । बिद्यालयको वार्षिक क्यालेण्डरमा उल्लेख भएको कार्यक्रम अनुुसार नै वृक्षारोपण गरिएको हो ।

जलवायुु परिवर्तनले वातावरणमा परिरहेको असरलाइ मध्य नजर गरी उक्त अभियान चलाइएको बिद्यालयका प्रधानाध्यापक संजय प्रसादले जानकारी गराए । ‘बिद्यालयलाइ हराभरा बनाउने उदेश्यले यो अभियान हामीले सुरु गरेका छौं । यसलाइ हामी अझै निरन्तरता दिनेछौ,’ उनले भने ।

शुुक्रवार सुुरु गरिएको एक विद्यार्थी एक विरुवा अभियान अन्तर्गत विभिन्न प्रजातीका फूल र विरुवाहरू रोपिएको उनले बताएका छन् । बिद्यालयको वार्षिक कार्यक्रम अनुसार एक विद्यार्थीले एक विरुवा रोपेका हुन् ।

उक्त विद्यालय परिसरमा २ सय भन्दा बढी बिरुवा रोपिएको छ । प्रधानाध्यापक संजय प्रसादका अनुसार आँप, लिची, फूल, अशोक, पिपल लगायतका विरुवा रोपिएको हो ।

विद्यालयमा एक कार्यक्रम बिच एक विद्यार्थी एक बिरुवा प्रत्येक कार्यक्रमका लागि विद्यार्थीले आफनो घरबाट एक विरुवा ल्याइ रोपेका हुन् । विद्यालयले बिरुवा संरक्षणको जिम्मा आफैं लिएको शिक्षक गोपाल दासले जानकारी गराएका छन् । वृक्षारोपणको अवसरमा बिद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी लगायतका व्यक्तिको सहभागीता रहेको थियो ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया