जनकपुरधाम । धनुषाको ग्रामीण क्षेत्रमा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । धनुषाको धनौजी गाउँपालिका–५ बअुहर्वाको सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका ३ बालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार बिहीबार दिउँसो सवा १२ बजेतिर पोखरीमा बालिकाहरूलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा १ जनाको र २ जनाको अस्पतालमा मृत्यु भएको हो । उनीहरूको नुहाउने क्रममा डुबेको स्थानीय बासिन्दाले बताएका छन् ।
बालिकाहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रतिक्रिया